
Gisld
Sds
mbd
Pbu
Rbs
Mbdvs

Rgs
Hal
Bbbpu
Pvg
Gst
Wsp
Sbs
Asm
Rgu
nsb
Rsb
Sls
Tsm
Ggd
Ssm
Rgu
Ksm
Vor
Bbu

bbt
Rmb
Jmb
Mks
Rpp
Pls
Ptm
Abd
Bml
Jmb
Syp
sab
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको सातौ गाउँसभा सोमबार सम्पन्न भएको छ । नियमित हिउदे अधिबेशन अन्तरगत यस आर्थिक वर्षको मध्य समयमा सातौ गाउँसभा बसेको हो ।
त्यस्तै आर्थिक वर्ष २०७७।७८ को राप्ती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ । स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र पूर्वाधार,समृद्ध राप्ती गाउँपालिकाको आधार भन्ने मूल मर्मका साथ राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा गरेका कार्यप्रगति माथि छलफल गर्दै सबै सम्मत रुपमा पास गरेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक विकास तर्फ,सामाजिक विकास तर्फ,पुर्वाधार विकास तर्फ, संस्थागत विकास तथा सुशासन तर्फका कार्यप्रगति उपर छलफल गर्दै सुझाव सहित पास गरेको छ । त्यस्तै सभाकै क्रममा राप्ती गाउँपालिकाको पहिलो बुलेटिन राप्ती बुलेटिन समेत विमोचन गरिएको थियो । यस्तै चालु आर्थिक वर्ष २०७७।७८ को संशोधित बजेट अनुमान अनुसार अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) आर्थिक वर्ष २०७७।०७८ को पौष महिना सम्मको वित्तीय अवस्था संघीय तथा प्रदेश सरकार तर्फको विनियोजन तथा आम्दानी चालु आर्थिक वर्ष को पौष मसान्तसम्म सशर्त अनुदान रकम १० करोड,२७ लाख,१२ हजार,तीन सय बाह्र, समानीकरण अनुदान तर्फ रकम रु. ६ करोड,५१ लाख,५० हजार, राजश्व बाँडफाँडबाट प्राप्त भएको रकम रु २ करोड,४८ लाख,३८ हजार सात सय उनानसाठ्ठी गरी कुल १९ करोड,२७ लाख,१ हजार एकहत्तर मात्र प्राप्त भएको प्रति छलफलका साथ सुझाव सहित पास गरेको हो ।
राप्ती गाउँपालिकामा चालु आर्थिक वर्ष मा आन्तरिक आम्दानी तर्फ आठ करोड अन्ठाउन्न लाख पाँच हजार अठार विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षको पौष मसान्तसम्म छयालीस लाख त्रिहत्तर हजार पाँत सय चौपन्न आम्दानी भएको र यो रकम कुल आन्तरिक तर्फ विनियोजनको ५.४५ प्रतिशत हुने सभामा जानकारी गरिएको छ । सभाले चालु आर्थिक वर्षमा संशोधन पछि राप्ती गाउँपालिकाको कुल बजेट संघीय सरकार प्रदेश सरकार तथा राप्ती आन्तरिक आम्दानी गरी रकम ५८ करोड,३६ लाख,६६ हजार,३ सय आठ पास गरेको छ ।
सातौ गाउँसभाले चालु आर्थिक वर्षका लागि योजनाहरुमा विशेग गरी कोभिड–१९ कोरोना रोगको संक्रमण नियन्त्रण न्यूनिकरण र रोकथाम कार्यका लागि यसले प्रभाव पारेका विविध क्षेत्रहरुको संबोधन गर्ने गरी रोजगारी सिर्जना र व्यवसायिक पुर्नलाभ तथा समुचित विकासलाई प्राथमिकतामा राखी गाउँपालिकाले लामो गृहकार्य र अथक मेहनतका साथ तयार पारिएको संशोधन बजेट तथा कार्यक्रम,उपलब्ध स्रोत र साधनको समुचित प्रयोग मार्फत अधिकतम प्रतिफल दिने गरी मितव्ययी तरिकाले खर्च गर्ने गरी कार्यान्वयन हुने विश्वासका साथ जनताका बृहत्तर अपेक्षाको संवोधन गर्न राप्ती गाउँपालिका सदैव प्रयत्नशील रहनेगरि सभामा सम्पुर्ण प्रस्तावहरुलाई सबै सम्मत तवरले पारित गरि कार्यन्वयनका लागि आदेश गरेको छ ।
त्यस्तै सभाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण लाखौको संख्यामा संक्रमण र ज्यान गुमाउनु परेकोमा संक्रमण भई स्वदेश र विदेशमा ज्यान गुमाउनेका शोकाकुल परिवारजन समवेदना समेत व्यक्त गरेको छ ।
