दाङ । तुलसीपुर उपमहानगरपालिकामा २ सय ७४ जना बालबालिकामा कुपोषण भेटिएको छ । ५९ देखि ६ महिनासम्मका ९ हजार ५ सय ९४ जनाको स्क्रिनीङ गर्दा मध्यम खालको कुपोषण २ सय ६८ र कडाखालको कुपोषण ६ जना बालबालिकामा भेटिएको हो ।
जसअन्तर्गत सबैभन्दा बढी तुलसीपुर -११,मा ३० मध्यम कुपोषण भेटिएको,पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले जनाएको छ । तुलसीपुरमा भएको सरोकारवालाहरुको छलफलमा यस्तो तथ्याङ्का सार्वजनिक भएको हो । त्यसैगरी वडा नम्बर १२ मा २६, वार्ड नम्बर ४ मा २५ जनामा कुपोषण फेला परेको परियोजना प्रमुख सुरेश चौधरीले जानकारी दिए ।
त्यस्तै वार्ड नम्बर १६ मा १७, वार्ड नम्बर १७ मा १७, वार्ड नम्बर १८ मा १५, वार्ड नम्बर ३ मा १४, वार्ड नम्बर ६ मा १२, वार्ड नम्बर १३ मा १३, वार्ड नम्बर १४ मा १०, वार्ड नम्बर ७ मा ११, वार्ड नम्बर ५ मा १०, वार्ड नम्बर २ मा ११, वार्ड नम्बर १ मा ५, वार्ड नम्बर ८ जनमा ८, वार्ड नम्बर १० मा ९, वार्ड नम्बर १९ मा १२ र वार्ड नम्बर १५ मा १२ जना सिघ्र कुपोषण बालबालिका भेटिएका छन् । त्यसैगरी समग्र पालिकामा ६ जनामा कडा सिघ्र कुपोषण भेटिएको छ ।
यस्तै पोषण कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सोच्ने बेला आएको सरोकारवालाहरुले बताएका छन् । सही समयमा सही लगानी नगरे भोलिका कर्णधार भनिएका बालबालिका नै कुपोषणकै कारण वौद्धिक क्षेमतामा कमि,ख्याउटे,पुड्को र रक्तअल्पता जस्ता समस्याले ग्रसीत हुँदा समाजलाई दिर्घकालसम्म असर पर्ने भएकाले समयमै गम्भिर बन्न आवश्यक रहेको सरोकारवालाहरुले बताए ।
त्यस्तै जीवन रुपमान्तरणका लागि सरकारले नै मुख्य नीति तथा कार्यक्रम लिएर अघि बढेमा मात्रै कुपोषणलाई न्युनिकरण गर्न सकिने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । यसका लागि खानपान र जीवन शैलिमा समेत परिवर्तन ल्याउनु पर्ने न्यौपानेको जोड रहेको छ ।
तुलसीपुरमा मध्यम र कडा खालका कुपोषीत बालबालिकाको संख्या डरलाग्दो रुपमा पाइएपछि झस्कीएको तुलसीपुर उपमहानगरले पोषणयुक्त सन्तुलीत खानामा जोड दिने संकेत गरेको छ । ‘बालबालिकाको जीवनरक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी सिक्न र हुर्कन सक्छन्,समुदायमा सहभागी हुन र योगदान दिन,तथा रोग,विपत्ति र अन्य विश्वव्यापी संकटहरुसंग लड्न समर्थ हुन्छन ।
तर कुपोषणले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने काम गर्दछ । यसका लागि गम्भिर भएर कुपोषणको व्यवस्थापन गर्न आवश्यक छ ।’तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बताए । बजेट ल्याउने समय पनि भएकाले पोषण सुधार कार्यक्रमका लागि आगामी वर्षको वडा र नगर स्तरीय सिलङमा प्राथमिकता दिने मेयर खडकाले बताए ।