
sbs
Djs
Unsku
Rgp
Rgp1
Pbu
Lnp
Gfs
Srbpu
cjs
Sgr
pku
Pes
Ggp

Gst
Hal
Asm
Bbu
Rgu
Pvg
Rgu
Ggd
Wsp
Rgs
Ssm
Rsb
Vor
Ksm
nsb
Sls
Sbs
Bbbpu
Tsm

Pls
Rpp
Ptm
Rmb
sab
Syp
Mks
Jmb
bbt
Abd
Gsb
Bml
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मजदुरहरुको श्रम पसिनाले संसारलाइ सुन्दर बनाएको बताए । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिबसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलन अंतरसम्बन्धि भएकोले कम्युनिस्ट पार्टीहरु नै मजदुर आन्दोलनको नेतृत्व गर्ने कुरा बताए । सहिद मित्रमणिको बारेमा चर्चा गर्दै उनले देखाएको बाटो लाइ नेपाली बिद्यार्थी आन्दोलनले पछ्याउनु पर्ने कुरा बताए ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन पुर्ब केन्द्रिय सदस्य रामबहादुर घर्ती,अखिल नेपाल किसान महासंघ जिल्ला सचिब मनिराम खनाल , अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे,अखिल ( छैठौं ) जिल्ला अध्यक्ष सेबक भट्टराई,जातीय समता समाज जिल्ला अध्यक्ष सुर्यलाल नेपाली,अखिल नेपाल युबक संघ लुम्बिनी प्रदेश सदस्य दिपक के सि,जिल्ला सदस्य हेमा पोख्रेल,अखिल नेपाल जनजाती सम्मेलन जिल्ला सदस्य सेरबहादुर पुन,अखिल नेपाल महिला संघ नगर सदस्य देबा पाण्डे,रक्तिम सास्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सब पुन,अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघ घोराही नगर उपाध्यक्ष आसाकिरन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सह-सचिब कृष्णा राना,जिल्ला सदस्य मेघराज भट्टराई र जातीय समता समाज जिल्ला सह सचिब पोषण नेपालीको पनि आतिथ्यता रहेको थियोे । अखिल ( छैठौं ) दाङ जिल्ला समिति र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक घोराही नगर समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगर उपाध्यक्ष सुसिला नेपालीको थियोे भने सन्चालन सचिब बालाराम अधिकारीले गरेका थिए ।
