
Gisld
Rbs
mbd
Sds
Pbu
Mbdvs

Ksm
Rsb
Tsm
Ggd
Bbbpu
Wsp
Rgu
Pvg
nsb
Sls
Sbs
Ssm
Hal
Gst
Rgs
Vor
Asm
Bbu
Rgu

Rpp
Mks
Pls
Ptm
bbt
Jmb
Jmb
sab
Gsb
Rmb
Abd
Bml
Syp
दाङ । कारागारलाई सुधार गृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्रकारुपमा विकास गर्ने उदेश्यले दाङका दुई कारागारलाई १०÷१० थान कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लव अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लव र सस्थाहरुको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०/१० थान कम्प्युटर प्रदान गरिएको हो ।
त्यस्तै रोटरी क्लव अफ दाङको समन्वय तथा अगुवाईमा गुडविल कम्युनिटी फाउण्डेशन ग्क्ब्, रोटरी क्लव अफ ब्रान्चबुर्ग ग्क्ब्, रोटरी क्लव अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको रोटरी क्लव अफ दाङका महासचिब गजेन्द्र बर्माले जानकारी दिनु भयो । कैदिबन्दीहरुका लागि कारागार सिकाई केन्द्र बनाउने उदेश्य अनुरुप आज दुबै कारागारमा १०/१० थान कम्प्युटर प्रदान गरिएको महासचिब बर्माले बताउनु भयो ।
यस्तै घोराही कारागारमा एक कार्यक्रमको आयोजना गरि कम्प्युट हस्तान्तरण र सिकाई केन्द्रको उद्घाटन समेत गरिएको छ । कारागारलाई सुधारगृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उदेश्य राखिएको छ । रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सिकाई केन्द्रको उद्घाटन गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले कारागार बसाईको समयलाई सिप र ज्ञान सँग जोड्ने अबसर रोटरीले सृजना गरेको भन्दै धन्याबाद ज्ञापन गरे । अब कैदिबन्दीहरुले पालैपालो कम्प्युटर सम्बन्धि ज्ञान हाँसिल गर्ने छन् । कार्यक्रममा जेलर बिष्णुप्रसाद पाण्डेले कैदिबन्दीहरुलाई मुडा बनाउने, साक्षर बनाउने, कानुनी ज्ञान दिने कक्षाहरु चलाउदै आएको र अब थपिएको कम्प्युटर शिक्षाले थप सृजनशिलताको बिकास हुने बताउनु भयो ।
