Sidha Patra शनिबार, माघ २४, २०७७

दाङ । कारागारलाई सुधार गृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्रकारुपमा विकास गर्ने उदेश्यले दाङका दुई कारागारलाई १०÷१० थान कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लव अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लव र सस्थाहरुको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०/१० थान कम्प्युटर प्रदान गरिएको हो ।

त्यस्तै रोटरी क्लव अफ दाङको समन्वय तथा अगुवाईमा गुडविल कम्युनिटी फाउण्डेशन ग्क्ब्, रोटरी क्लव अफ ब्रान्चबुर्ग ग्क्ब्, रोटरी क्लव अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको रोटरी क्लव अफ दाङका महासचिब गजेन्द्र बर्माले जानकारी दिनु भयो । कैदिबन्दीहरुका लागि कारागार सिकाई केन्द्र बनाउने उदेश्य अनुरुप आज दुबै कारागारमा १०/१० थान कम्प्युटर प्रदान गरिएको महासचिब बर्माले बताउनु भयो ।

यस्तै घोराही कारागारमा एक कार्यक्रमको आयोजना गरि कम्प्युट हस्तान्तरण र सिकाई केन्द्रको उद्घाटन समेत गरिएको छ । कारागारलाई सुधारगृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उदेश्य राखिएको छ । रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सिकाई केन्द्रको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले कारागार बसाईको समयलाई सिप र ज्ञान सँग जोड्ने अबसर रोटरीले सृजना गरेको भन्दै धन्याबाद ज्ञापन गरे । अब कैदिबन्दीहरुले पालैपालो कम्प्युटर सम्बन्धि ज्ञान हाँसिल गर्ने छन् । कार्यक्रममा जेलर बिष्णुप्रसाद पाण्डेले कैदिबन्दीहरुलाई मुडा बनाउने, साक्षर बनाउने, कानुनी ज्ञान दिने कक्षाहरु चलाउदै आएको र अब थपिएको कम्प्युटर शिक्षाले थप सृजनशिलताको बिकास हुने बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]