
Gmk
Pbu
Ksm
Anm
Rbs
Sds
mbd
Mbdvs
Gisld

Sbs
Bbu
Wsp
Rgs
Vor
Rgu
Bbbpu
Tsm
Ssm
Ksm
nsb
Rsb
Ggd
Gst
Pvg
Asm
Hal
Rgu
Sls

Jmb
bbt
sab
Rmb
Abd
Ptm
Rpp
Gsb
Mks
Bml
Pls
Jmb
Syp
काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्ता मध्येका एक नारायण पहराईले आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताएका छन् ।
मंगलबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन् । उनले प्रहरीको अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य जाहेरीकर्ताका रुपमा प्रस्तुत गरिएको र आफूले नै रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएको जसरी प्रचार गरिएको भएपनि आफूले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी नदिएको बताएका छन् ।
त्यस्तै उनले भनेका छन्, ‘रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन । तर रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन।’ उनले आफूभन्दा धेरै बचत हुनेलाई मुख्य उजुरीकर्ता नबनाएको तर आफूलाई मुख्य उजुरीकर्ता बनाएकोमा समेत आपत्ति जनाएका छन् ।
यस्तै उनले आफूहरुले बचत फिर्ताका लागि उजुरी दिएको तर आजसम्म एक पैसा नपाएको समेत गुनासो गरेका छन् । पहराईले केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।
पहराईले फेसबुकमा लेखेको स्टाटसः
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्तामध्ये म पनि एक हुँ। सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो। र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ।
मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ।
‘नारायणबहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन। तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ। यो प्रचारमा सत्यता छैन।
करोडकरोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन। मजस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं। तर, यत्रो समय बित्यो, खै तरु संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्यो भनियो। तर, सरकारले ति सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो ? केही गरेको छैन। बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि !
म कोही व्यक्ति लक्षित थिइनँ, छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु। हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिवद्ध छौं। हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं। विधि/प्रक्रिया, अड्डा–अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसें। न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ। निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।
पहराईले यो स्टाटस लेखिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भने बुटवलकै सुप्रिम बचत तथा ऋण सहकारी संस्था प्रकरणमा हिरासतमा छन् ।
