दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिएका छन् ।
रास्वपाका नेताहरुका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर एक जना केन्द्रीय पदाधिकारीले पाठकलाई फोन गरेका थिए । फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा लेखेको र नहटाउने जवाफ दिए ।
त्यस्तै फोन संवादमा पाठकले दिएको जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘मैले आफ्नो धारणा लेखेको हुँ । पार्टीको होइन । हटाउँदिन ।’ लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले रास्वपाभित्र तरंग पैदा गरेको छ । पाठकले केही दिन अगाडि राजतन्त्रको विरासत छोरा वा छोरी जो भएपनि राजा विरेन्द्रको वंशभित्र रहनुपर्ने भनेर फेसबुकमा लेखेका थिए ।