सुर्खेत । कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका वडा नम्बर-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हाे ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको जानकारी दिए ।
त्यस्तै रावतका अनुसार मृत्यु हुनेमा पलाँता-४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् । ट्याक्टर भीरबाट खसेको प्रहरीले जनाएको छ ।