
Ggp
Dbs
Lks
Sgp
Ggp
Pbu
Dus
Rgp
Rgp
Rgp
lnp
Lnp
Usb
Rgp
Jns
ksb
Asb


दाङ । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।
राप्ती गाउँपालिका ३ मसुरियामा आइतवार बसेको कार्यसमितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । कमिटीका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवं प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सदस्य मधुसुदन पौडेलको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले आगामी वैशाख १८, १९ र २० गते सम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ९ वटै वडाबाट तालिममा सहभागी गराउन जिम्मेवारी समेत तोकिएको छ । जस अनुसार वडा नम्बर १ का लागि विदुर एमसी र राजकुमार विश्वकर्मा, वडा नम्बर २ का लागि हुमा सुनार, बासुदेव न्याैपाने र किरण जिसी, वडा नम्बर ३ का लागि लक्ष्मी पोख्रेल, वडा नम्बर ४ का लागि माधव खनाल, वडा नम्बर ५ का लागि सन्तोष कुमार गुप्ता र निसा कुमारी चाैधरी, वडा नम्बर ६ र ७ का लागि शान्ता खनाल, वडा नम्बर ८ का लागि ओमप्रकाश गुप्ता र वडा नम्बर ९ का लागि मधुसूदन पाैडेललाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै बैठकले आगामी वैशाख २० गते चाैतारी राप्तीको दोस्रो अधिवेशन राप्ती गाउँपालिका-३ मसुरीयामा आयोजना गर्ने निर्णय समेत गरेको छ । अधिवेशनका अवसरमा राप्ती गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै प्रेस चाैतारी नेपालका पुर्व केन्द्रीय सदस्यहरू सन्तोष कुमार गुप्ता, विदुर एमसी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा मधेसी कोटाबाट सदस्यमा निर्वाचित ओमप्रकाश गुप्तालाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।
अधिवेशनलाई सफल बनाउन सवै जना आ-आफ्नो क्षेत्रबाट तयारीमा जुट्ने गरि बैठक सम्पन्न भएको हो । बैठकमा प्रेस चाैतारी नेपालका पुर्व केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ता खनाल, दाङ जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेल, राप्ती गाउँपालिका कमिटी उपाध्यक्ष माधव खनाल, सदस्य निसाकुमारी चाैधरी, राजकुमार विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
