शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, बैशाख ०७, २०८२

दाङ । आईतवार दिनभर जसो वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारले बनाएका रणनितीक योजना र कार्यान्वयनका पक्षमा भएका प्रयासहरुको सार्थकताका बिषयमा देउखुरीको लमहीमा किशोर,किशोरी र सरकारका प्रतिनिधीहरुसंग दोहोरो संबाद भएको छ ।फातिमा फाउण्डेशन बाँके, मुक्त कम्लरी बिकासु मञ्च दाङ, सिर्जनशिल संस्था नेपाल, सैनामैना स्वाबलम्वी संस्था रुपन्देही र दलित महिला उत्थान केन्द्र बर्दियाको आर्थीक प्राबिधिक सहयोग र लुम्बिनी प्रदेश स्तरीय किशोरी सञ्जालको आयोजनामा यस्तो कार्यक्रमको आयोजना गरिएको मुक्त कम्लरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए ।

प्रदेश स्तरीय किशोरी सञ्जालका सबैभन्दा कान्छी अभियन्ता १३ बर्षिय किशारी प्रतिभा थापाको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाको प्रमुख आतिथ्यका कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमिल्सीनाले वालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले दशबर्षे रणनितिक योजना बनाईसकेको र त्यसलाई कार्यान्वय गर्दैजाने प्रतिवद्धता जनाए ।वालविवाहका समस्या अनगिन्ती रहेका र समाधानका लागि सरकारको एक्लो प्रयासले मात्र संभव नहुने हुदा सबै सरोकबारवालाहरु एकजुट भएर कार्यान्वयनमा जानुपर्ने बताए । मोवाईल फोनको अधिकतम सदुपयोग नहुदा वालविवाह बढ्दै गरेको भन्दै शिक्षा क्षेत्रमा वालवालीकाको पहुँच बढाउन बनेका निति कार्यक्रमहरुलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने कुरामा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सहभागी किशोर किशोरीहरुले वाल विवाह न्यूनीकरणका सन्देशमुलक र कलात्मक शब्द, चित्र, गजल, कविता र वालविवाहका घटनाहरुमा जोडिएका वास्तविकताका कथाहरुले ग्रिन लुम्बिनी होटलको भित्ता रंगिएको थियो । गत बैशाख ४ गतेदेखि दाङको लमहीमा सुरु भएको प्रदेश स्तरीय कार्यशालाको आईतवार संवाद सहित समापन गरिएको छ ।कार्यक्रममा सहभागी किशोर,किशोरीहरुले प्रदेश सरकारसंग दुईदर्जन बढी प्रश्नहरु राखेका थिए । किशोर किशोरीहरुको उमेर १८ बर्षमा शारीरिक, मानसिक,आर्थीक र शैक्षिक परिपक्वता नहुने भएकोले सरकारले विवाहको उमेर २० बर्षबाट घटाएर १८ बर्षमा ल्याउने निती कुनै हालतमा पासगर्न नहुने कुरामा सहभागिहरुको जोड रहेको थियो । वालविवाह मुक्त पालीक बनाउन आईपर्ने समस्या र चुनौति, वाल विवाहले मनोबैज्ञानीक रुपमा पार्ने असर, न्यूनीकरण गर्न नेपाल सरकारले चालेका कदमहरु बारे सहभागिहरुले जिज्ञासा राखेका थिए । वालविवाह न्यूनीकरण र उन्मुलनमा सरकारले कानून र रणनितिहरु बनाउने तर कार्यान्वयन पक्ष निकै फितलो हुँदा वालविवाहका घटनाहरुमा कमि हुन नसकेको सहभागि र आयोजकहरुको गुनासो रहेको थियो ।

सो अवसरमा वाल विवाह न्यूनीकरणमा प्रदेश सरकारको भूमीका तथा नितिगत कार्यान्वयनका बिषयमा प्यानल छलफल गरिएको थियो । वाल विवाह न्यूनीकरण, निति तथा कानूनी ब्यवस्था र किशोर किशोरीहरुको भूमिका सम्बन्धमा प्रदेश स्तरीय पैरवी र बिज्ञ तथा अग्रजहरुसंग किशोर किशोरी डबली कार्यक्रम गरिएको हो ।कार्यक्रममा बाँकेका जसमिन सेख, रुपन्देहीका नन्दनी अग्रहरी, बर्दियाका सम्झना बिक, रुपन्देहीका लक्ष्मी लोध र दाङका निराशु कुमालले आफूहरु वालविवाहको समस्यामा परेको, मुक्त भएको र संस्थामा आवद्ध भएर अभियन्ता बनेको वास्तिविक भोगाईको कथा प्रस्तुत गरेका थिए ।
कार्यशालामा लुम्बिनी प्रदेश सरकारका सांसदहरु, राजनितिक दलका प्रमुख सचेतकहरु,स्वास्थ्य, कानून र सामाजिक बिकास मन्त्रालयका सचिवहरु, प्रदेश आयउोजना प्रमुख,प्रदेश भित्रका केहि जिल्लाका प्रमुख,उपप्रमुख र वडा अध्यक्षहरु, मनोबिद्,गैसस महासंघ,पत्रकार महासंघ र वालविवाह न्यूनिकरणका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।यस्तै कार्यक्रमको सहजिकरण प्रदेश वाल सञ्जालका सृष्टि भट्टराई र साजन बरालले गरेका थिए । कार्यक्रममा अभियन्ताहरुले वालविवाह न्यूनीकरणका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]