
Rgp
Ggp
pku
cjs
sbs
Lnp
Pbu
Djs
Unsku
Rgp1
Srbpu
Pes
Gfs
Sgr

Gst
Pvg
Sls
Ssm
Hal
Tsm
Vor
Rsb
Sbs
Ggd
Rgs
Ksm
Bbu
Rgu
Rgu
nsb
Bbbpu
Wsp
Asm

Abd
Jmb
Mks
Rmb
Pls
Rpp
Ptm
bbt
sab
Syp
Gsb
Bml
Jmb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भर्त्सना गरेको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै उनीहरुलाई पक्राउ गर्ने कार्यको भर्त्सना गरेका हुन् ।
‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित सिंहदरबार परिसर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाएको भन्दै समितिले आपत्ति जनाएको छ । समितिले भनेको छ,’पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरुले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रतासहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’
यस्तै तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधि तथा झुठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउनसमेत समितिले सरकारलाई आह्वान गरेको छ । अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयंले लिनुपर्ने पनि चेतावनी समितिले दिएको छ ।
