
Tgp
Ssb
Ksb
Fmb
Ksb
Bsn
Rsb
Gsb
Rks
Ssb
Usb
Csb
Ppu
jsb
Ksb
Nsb

Tsb
Usb
Gsb
Ssb
Hl1

Nps
Rgu
ptl
धनगढी । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर –३,सल्यान टोलकी जानदेवी बुढाले डेढ वर्ष पहिला अत्तरियाका कृष्ण बहादुर रावलसँग विवाह गरिन।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया विजयनगरका कृष्णसँग उनले प्रेम विवाह गरेकी हुन्। प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध सुरुका दिनहरूमा राम्रो थियो । पछि श्रीमानले बेवास्ता गरेको, सासूले कुटपिट गर्ने गरेको, खाना नदिएको, शारीरिक तथा मानसिक यातना दिएको भन्दै उनी प्रहरीमा पुगिन्। प्रहरीमा निवेदन परेपछि छलफलका लागि उनको घर–परिवारका सदस्यहरू र माइती पक्षलाई प्रहरीले बोलायो। उनीहरूको बिचमा प्रहरीले मिलापत्र गर्यो। उनीहरू घर गए ।
तर, उनी माथिको हिंसा रोकिएन्। उनी गोदावरी नगरपालिकाको न्यायिक समितिमा पनि गइन। महिला तथा बालबालिका सेभ हाउसमा पनि जानदेवी बुढा पुगेकी थिइन्। श्रीमान तथा परिवारका सदस्यहरूबाट पीडित भएको भन्दै उनी न्यायको खोजीमा भौँतारिएकी हुन्। नेपाल प्रहरी, माइती पक्ष, न्यायिक समिति, सेभ हाउस लगायतबाट पनि सहयोग नपाएकी उनले संसार छोडेकी छन्। उनी शुक्रवार बिहान घरमा मृत फेला परेकी हुन्।
त्यस्तै बिहिवार राति भाइ सुरजित बुढालाई उनले ‘सबै जना लागेर कुट्न लागेका छन्। गाली गर्छन। पागल भन्छन,’ भनेर म्यासेज पठाएकी थिइन्। राति भाइलाई म्यासेज गरेकी जानदेवी दोस्रो दिन घरमा मृत फेला परेकी हुन्। प्रहरीले शुक्रवार बिहान कोठा भित्र काठको सिडिमा झुन्डिएको अवस्थामा शव फेला पारेको हो। उनका भाइ सुरजितले दिदीलाई घर परिवारले मर्न बाध्य पारेको बताएका छन्। उनले दिदीको शव सिडीमा झुन्डिएको भए पनि घुँडा भुईँमा टेकिएको र चोटपटक लागेको अवस्थामा फेला परेको बताएका छन्।
यस्तै प्रहरीले शनिवार बिहान मात्र उनको शव उठाएको छ। शुक्रवार बिहानदेखि शवको प्रहरीले सुरक्षा दिइको थियो। शनिवार बिहान माइती पक्ष आएपछि मात्र उनको शव उठेको हो। सुरजितले राति दिदीले मेसिज गरेको भए पनि बिहान मात्रै थाहा पाएका थिए। उनले घरेलु हिंसामा परेकी दिदीले सबै ठाउँ भतारिदा पनि न्याय नपाएको बताएका छन। उनका काका नरबहादुर भण्डारीले पनि बिहिवार राति गालीगलौज कुटपिट गरिरहेको भनेर फोन मार्फत जानदेवीले भनेको बताए। उनले सधैँ यस्तै परिरहने भएकाले आफ्नो कोठामा सुरक्षित बस भनेको बताए। उनले भने, ‘कोठामा जान भने, भोलि सम्झाउछु भनेको थिए। दोस्रो दिन फोन बन्द थियो। जानदेवीको फोन नलागेपछि सासूलाई फोन गरे। “कोठाभित्र छ, ढोका खोलेको छैन” भनेपछि शङ्का लागेर फोनबाटै प्रहरीलाई खबर गरेको हो।’ सुर्खेतमा रहेका उनले १०० नम्बरमा फोन गरेका थिए। जिल्ला प्रहरी कार्यालय, सुर्खेतले कैलालीको नम्बर दिएपछि उनले कैलाली प्रहरीलाई खबर गरेका हुन। उनले खबर गरेपछि प्रहरी घरमा गएको थियो। घरमा गएको प्रहरीले जानदेवीलाई मृत फेला पारेको हो।
त्यस्तै सुरजितले मृतकका श्रीमान् २४ वर्षीय कृष्ण रावल र सासू गुमादेवी रावलका विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन्। उनले इलाका प्रहरी कार्यालय, मालाखेतीमा जाहेरी दिएका हुन। इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख गंगाबहादुर थापाले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने बताएका छन्। उनले मृतकका श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको बताए। यसअघि घरेलु हिंसाको मुद्दामा मृतकले ठाडो निवेदन दिएकोमा परिवार सबै बसेर मिलापत्र गरेको समेत मालाखेती प्रहरीले बताएको छ। दिनेशखबर
