Sidha Patra शुक्रबार, माघ २३, २०७७

प्यूठान । दुई जिल्लाको प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुउद्देश्यीय योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले सम्म आयोजनाको भौगोलिक अध्ययन,डिजाइन,ड्रिलिङ, लेआउट लगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भईरहेको बिभागका इन्जिनियर शंकर बहादुर साउदले बताउनु भयो।

त्यस्तै आउदो चैत्र महिनाभित्र अध्ययन पूरा भईसक्छ, साउदले भन्नू भयो । कम्तिमा ६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने यो आयोजनाको १ खर्ब ६ अर्व लागत अनुमान गरिएको छ । त्यसैगरी समाज शास्त्री प्रकाश घिमिरेले स्थगलगत रुपमै नौमुरे प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनको काम भएको बताउनु भयो । उहाँका अनुसार प्रभावित क्षेत्रको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा,रुखलगायतको लगत संकलन भइसकेको छ ।

यस्तै नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरईनाका गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ। यी तीन वटा योजनाबाट २८१.०४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष रहेको छ । यसैगरी नौमुरे जलविद्युत आयोजनाको बाँधस्थल, नौमुरेको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १ सय ६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलासय युक्त बनाउने प्रस्ताब गरिएको छ । त्यस्तै नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्ग किलोमिटर क्षेत्र डुबानमा पर्ने अध्ययन निश्कर्ष छ ।

त्यसैगरी लामातालमा रिरेगुलेटिङ्ग (सहायक बाँध) निर्माण गरेर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरि विद्युत विकास विभागले अध्ययन गरेको हो । यो बाधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताउनुभयो । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुन्छ । त्यस्तै लामातालबाट निस्केको पानीलाई कपिलवस्तुको सुरईनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताब गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको अनुमान छ ।

अध्ययन टोलीका प्रमुख डा. नारायण भक्त श्रेष्ठ्ले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने बताउनु भयो । नौमुरेको सर्वेक्षण २०४४ मै भएको हो । त्यसवेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो। तर विद्युत विभागको अहिलेको अध्ययनमा आयोजनाको उत्पादन क्षमता २८१.०४ मेगावाट रहने देखिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]