
Ksb
Ppu
Rks
Bsn
Csb
Usb
Ksb
jsb
Rsb
Nsb
Gsb
Ssb
Fmb
Ssb
Tgp
Ksb

Ssb
Gsb
Tsb
Hl1
Usb

ptl
Nps
Rgu
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले नया वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनौती थपिएको भन्दै ति चुनौतीको सामना गर्दै सशक्त पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
जिल्ला उपाध्यक्ष ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले दाङ जिल्लाको पत्रकारिता अन्य जिल्लाको तुलनामा मर्यादित भएपनि छिटफुट पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सबै पत्रकारले दोष खेप्नु परेको बताएका थिए । उनीहरूले पछिल्लो समयमा पत्रकारमाथि भौतिक आक्रमण तथा पेशा प्रति चुनौती थपिदै गएको भन्दै ती समस्या समाधानका लागि सबै पत्रकार सङ्गठित रूपमा लाग्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकाका केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा,महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी,सुदिप गौतम,पूर्व अध्यक्ष केवी मसाल,प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी,प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम,प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य,नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली,प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै महासंघका अर्का उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन पत्रकार महासंघ दाङमा सचिव जेएन सागरले गरेका थिए ।
