Sidha Patra आइतबार, चैत्र ३१, २०८१

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले नया वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनौती थपिएको भन्दै ति चुनौतीको सामना गर्दै सशक्त पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

जिल्ला उपाध्यक्ष ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले दाङ जिल्लाको पत्रकारिता अन्य जिल्लाको तुलनामा मर्यादित भएपनि छिटफुट पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सबै पत्रकारले दोष खेप्नु परेको बताएका थिए । उनीहरूले पछिल्लो समयमा पत्रकारमाथि भौतिक आक्रमण तथा पेशा प्रति चुनौती थपिदै गएको भन्दै ती समस्या समाधानका लागि सबै पत्रकार सङ्गठित रूपमा लाग्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकाका केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा,महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी,सुदिप गौतम,पूर्व अध्यक्ष केवी मसाल,प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी,प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम,प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य,नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली,प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै महासंघका अर्का उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन पत्रकार महासंघ दाङमा सचिव जेएन सागरले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]