Sidha Patra शनिबार, चैत्र ३०, २०८१

पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।

त्यस्तै दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ । वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो ।

यस्तै हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

त्यस्तै यता, झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठी चार्जसमेत गरेको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]