
Rksr-7
Gsbr-6
Pbu
Gsbg-3
Jsbg-7
Csbg-7
Msbg-2
ksbl-7
Usbl-7
Jsbr-3


काठमाडाैँ । रामेछापकाे मन्थली नगरपालिका वडा नम्बर २ र ३ को सिमाना ठाँटीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बिहीबार अपरान्ह भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। वडा नम्बर ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका –२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। दुर्घटना भएको बोलेरो सडकबाट २–३ मिटर तल खसको थियो। पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
