
Pbu
Rksr-7
Gsbg-3
Gsbr-6
Msbg-2
Csbg-7
ksbl-7
Usbl-7
Jsbr-3
Jsbg-7


दाङ । नेपाल नेत्रज्यति संघ दाङको व्यवस्थापनमा सञ्चालित राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठान बनाउने तयारी भएको छ ।
नेपाल नेत्रज्यति संघको व्यवस्थापनमा मुलुकभर २८ वटा आँखा अस्पताल, एक सय ५० बढी आँखा उपचार केन्द्र रहेका छन् । त्यसमा नेपाल नेत्रज्यति संघ दाङको व्यवस्थापनमा राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल र कपिलवस्तुको वहादुरगन्जमा छन्द(कालेबाबु) नारायणी अस्पताल सञ्चालनमा छन् ।
त्यस्तै राप्ती आँखा अस्पतालमा पाँच बेड, लमही आँखा अस्पतालमा ५० बेड तथा बहादुरगन्ज स्थित छन्द(कालेबाबु) नारायणी अस्पतालमा एक सय बेडको आँखा अस्पताल सञ्चालनमा आएसँगै नेपाल नेत्रज्यति संघ दाङले अब यसलाई आँखा रोगको अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै नेत्र विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेको छ । यसका लागि अस्पतालले गुरुयोजनासमेत निर्माण गरी कार्यान्वयनको चरणमा छ ।
नेपाल नेत्रज्यति संघको २१ औँ साधारणसभा तथा ४७औँ नेत्रज्यति दिवसका अवसरमा बोल्ने सहभागीले राप्ती आँखा अस्पताललाई अब नेत्र विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सबै क्षेत्रबाट सहयोग र सहकार्य हुने अभिव्यक्ति दिए । यसका लागि थप भौतिक पूर्वाधार निर्माणमा संघ, प्रदेश, स्थानीय सरकार र दातृ निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै‘नेत्र सहायकको अध्यापन यहाँ सफलतापूर्वक सुरु भइसकेको छ, अब आँखा रोग विशेषज्ञको पढाइ सुरु गर्न यसलाई नेत्र विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सबै क्षेत्रबाट पहल गरिनुपर्छ’, २१ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भने । आफू जिल्ला समन्वय समतिको प्रमुख भएका नाताले यसलाई नेत्र विज्ञान प्रतिष्ठान बनाउने सन्दर्भमा तीनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समयमा यो अस्पतालले बिरामीलाई एकपछि अर्को विशेषज्ञ आँखा स्वास्थ्य सेवा दिइरहेको उल्लेख गर्दै प्रमुख अतिथि शर्माले अब यसलाई नेत्र रोग रिसर्च सेन्टरको रूपमा विकास गर्न नेपाल नेत्रज्यति संघ दाङ शाखालाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक अधिकृत डा सम्शेर थापाले राप्ती आँखा अस्पतालले अन्धोपन निवारणका लागि स्थापनाकालदेखि हालसम्म सञ्चालन गरेका उपचारात्मक तथा प्रचारात्मक अभियानका विषयमा जानकारी गराउँदै भावि योजनासमेत प्रस्तुत गरेका थिए । साधारणसभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय. लुम्बिनी प्रदेशका पूर्व प्रदेश सभा सदस्य शंकर गिरी, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा एमालेका तुलसीपुर नगर सचिव रुपबहादुर खत्री, माओवादी केन्द्रका विश्वप्रकाश आचार्य, नेकपाका प्रदीप वली, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी,राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव,नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर ढुण्डिराज लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा नेत्र सहायक अध्ययन गर्ने विद्यार्थी तथा अस्पतालका कर्मचारीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए भने अस्पतालकी कर्मचारी निरला अर्याल गैरेले आँखा स्वास्थ्य सचेतनासम्बन्धी सन्देशमूलक कविता वाचन गरेकी थिइन् । सो अवसरमा अस्पतालको प्रवर्धनमा भूमिका निर्वाह गर्नेहरूलाई सम्मान समेत गरिएको थियो । नेपाल नेत्रज्यति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव घनश्याम सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रकाश आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए ।
कार्यक्रममा निश्चित मापदण्ड निर्माण गरेर सार्वजनिक सूचना जारी गरेसँगै मापदण्डमा आएका व्यक्तिहरूलाई नेपाल नेत्रज्यति संघ दाङको आजीवन सदस्यता प्रदान गरिएको थियो । नेपाल नेत्रज्यति संघ दाङमा २१ औँ स्थापना दिवसमा नयाँ सदस्यता वितरण गरिएसँगै आजीवन सदस्यको सङ्ख्या जम्मा पाँच सय ८५ पुगेको छ । यसअघि जम्मा दुई सय ४५ जना आजीवन सदस्य थिए भने अहिले तीन सय ४० जना आजीवन सदस्य थपिएका छन् । साधारणसभा तथा नेत्रज्यति दिवसकै अवसर पारेर नेत्रज्योति पुरस्कारबाट नेत्रविशेषज्ञ डा अन्वेषा श्रेष्ठ, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, लेखा अधिकृत कृष्णप्रसाद भट्टराई , ल्याव शाखा प्रमुख सन्तोष शर्मा, पहलसिंह वली र मंगरे नाउलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
त्यस्तै अस्पतालमा स्वागतद्वार निर्माण गर्न आर्थिक सहयोग गर्ने समाजसेवी द्वय ध्रुवराज गौतम परिवार र श्यामप्रकाश आचार्य परिवारलाई बाजागाजासहित अस्पताल परिक्रमा गराएर सम्मान गरिएको थियो । यसैगरी अस्पताल प्राङ्गणभित्र बिरामी प्रतीक्षालय निर्माण गरिदिने तुलसीपुर गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरलाई सम्मान गरिएको थियो । यसैगरी राप्ती आँखा अस्पतालमा स्थापना हुने अक्षयकोषमा सहयोगका लागि आह्वान गरिएको थियो । नेपाल नेत्रज्यति संघ दाङको मातहतमा राप्ती आँखा अस्पताल र यस अन्तर्गत पाँचवटा आँखा उपचार केन्द्र, लमही आँखा अस्पतालको मातहतमा पाँचवटा आँखा उपचार केन्द्र र कपिलवस्तुको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जको मातहतमा एउटा आँखा उपचार केन्द्रबाट आँखा उपचार सेवा प्रदान गरिँदै आएको छ । राप्ती आँखा अस्पतालको कार्यक्षेत्र लुम्बिनी प्रदेशसँगै कर्णाली प्रदेशसम्म सुरु भइसकेको छ ।
साधारणसभाको औपचारिक समापन मन्तव्य दिँदै कार्यक्रमका अध्यक्ष कृष्णकुमार गिरीले अब नेपालीलाई आँखा रोगको उपचार गर्न भारतको सीतापुरसम्म पुग्नु नपर्ने बताए । नेत्रज्यति संघले अब जिल्ला जिल्लामा सुपरस्पेसलिस्ट आँखा उपचार सेवा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने अभिव्यक्ति दिए । नेपाल सरकारको वीर अस्पतालमा एउटा युनिटका रूपमा सुरु भएको आँखा उपचार सेवा नेपाल नेत्रज्यति संघको विशेष पहलमा नेपालभर सञ्चालनमा आएको भन्दै यसलाई थप स्तरीय र सहज रूपमा अत्याधुनिक सेवा प्रदान गर्न नेत्रज्यति संघ दाङले अहोरात्र पहल गर्ने प्रतिबद्धता जनाए । नेपाल नेत्रज्यति संघले मुलुकभर २८ वटा ठुला अस्पताल, ४४ वटा शाखा अस्पताल र एक सय ५० वटा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएर नेपालभरका नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिरहेको छ ।
त्यस्तै नेपाल नेत्रज्यति संघको आँखा स्वास्थ्य कार्यक्रमलाई नर्वेजियन संस्था एनएबिपीले निरन्तर ३० वर्षदेखि सहयोग गर्दे आएको छ । साथै पैसा नभएर कुनै पनि नागरिकले अन्धोपना भोग्नु नपर्ने उनले वचनबद्धता व्यक्त गरे । साधारणसभाको बन्दसत्रले सचिवको वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
