Sidha Patra बुधबार, चैत्र १३, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।

घिसिङको कार्यकाल अझै पाँच महिना बाँकी रहँदै सरकारले उनलाई हटाएपछि राप्तीबासी आक्रोशित बनेका हुन् । विभिन्न राजनीतिक दल,जनवर्गीय संघ-संस्था, समाजसेवी, सामाजिक अभियन्ता, नागरिक अगुवा, पत्रकार, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागितामा विरोध प्रदर्शन गरिएको थियो ।

राप्ती–१ भालुबाङको पुलचोकस्थित कृष्ण सेन ‘इच्छुकको शालिक्बात सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै कोण सभामा परिणत भयो । कोण सभामा सामाजिक अभियन्ता हुमप्रसाद शर्माले सरकारका गलत निर्णयविरुद्ध सधैं सडकबाटै आवाज उठाइने बताएका थिए । उनले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेदेखि नेपाल उज्यालो भएको र गाउँ–गाउँसम्म विद्युत सेवा विस्तार भएको उल्लेख गर्दै,राम्रो काम गर्नेको खाँचो रहेको बताए ।

त्यस्तै,रामजदीका अध्यक्ष दिल्ली सुवेदीले कुलमान घिसिङको बर्खास्तीलाई ‘कु–निर्णय’ भन्दै सरकारको चर्को आलोचना गरे। उनले यस निर्णयको घोर विरोध गर्दै,जनताको आवाज दमन गर्न नहुने चेतावनी दिए । विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णय फिर्ता लिन माग गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]