
Rgp1
Gfs
Rgp
Sgr
Lnp
sbs
pku
Ggp
Unsku
Pbu
Djs
cjs
Pes
Srbpu

Wsp
Pvg
Ksm
Bbbpu
Hal
Vor
Rsb
Tsm
Sls
Asm
Sbs
Bbu
Rgu
Rgs
Ggd
Rgu
nsb
Ssm
Gst

bbt
Rpp
Jmb
Jmb
Rmb
Syp
Bml
Mks
Gsb
Pls
Abd
Ptm
sab
काठमाडौँ । राजावादीसँगै संसदका रहेका अरु विपक्षी दलहरु कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर आन्दोलन हुन थालेपछि सत्ता पक्षको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल बैठक बोलाइएको बालुवाटार सुत्रले बताको छ ।
त्यस्तै सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ। त्यसमा विषयमा चौतर्फी विरोध सुरु भएपछि रक्षात्मक बनेको सरकारले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न चाहेको हो ।
यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी रहेका छन् ।
त्यस्तै गृहमन्त्री रमेश लेखक,श्रम मन्त्री शरत सिंह भण्डारी,एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरु पनि सत्ता पक्षको बैठकमा उपस्थित रहेका छन् ।
