
Gisld
Mbdvs
Pbu
mbd
Sds
Rbs

Rsb
Pvg
Sls
Tsm
Bbu
Rgu
Hal
Wsp
Vor
Asm
Ggd
nsb
Gst
Bbbpu
Sbs
Ssm
Rgu
Ksm
Rgs

Gsb
bbt
Mks
Syp
Jmb
Bml
sab
Jmb
Rmb
Ptm
Rpp
Abd
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा विभिन्न खेलकुल प्रतियोगीता सम्पन्न भएकोे छ । वडा कार्यालयको आयोजनामा भएको बार्षिक कार्यक्रम अन्तरगत भलिबल,हाईजम्प,लङजम्प र हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।
वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलकुद प्रतियोगिता अन्तर्गत भलिवल पुरुष तर्फ पुपुल्स वान पिपरी प्रथम, बिजौरी युवा क्लव द्धितिय र बड्का गल्ली पिपरी तृतिय भएका छन् । त्यस्तै महिला भलिवल तर्फ सृजना युवा क्लव पिपरा प्रथम, शंकर मावि द्धितिय र शंकर युवा क्लव तृतिय भएका हुन् ।
सो वडाको गाउँ स्तरिय खेलकुद प्रतियोगितामा महिला हाईजम्पमा आकृति चौधरी प्रथम, करिना चौधरी द्धितिय, कृष्णा चौधरीले तृतिय स्थान प्राप्त गरेका थिए । पुरुष लङजम्पमा रोशन चौधरी प्रथम, नारद चौधरी द्धितिय र असिम चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् । लङजम्प महिलातर्फ अस्मीता चौधरी प्रथम, इन्दु चौधरी द्धितिय र करिना चौधरीले तृतिय स्थान प्राप्त गरेका थिए ।
त्यसैगरी प्रतियोगीतामा भलिवल तर्फ उत्कृष्ट खेलाडी असिम चौधरी र महिला भलिवल तर्फ इन्दु चौधरी छनौट भएका छन् । विद्यालय स्तरिय हाजिरीजवाफ तर्फ गोल्डेन फ्युचर बोडिङ स्कुल बी प्रथम, शंकर मावि द्धितिय र गोल्डेन फ्युचर बोडिङ स्कुल ए तृतीय भएको आयोजकले जानकारी दिएको छ ।
