ओमप्रकाश गुप्ता मंगलबार, माघ २०, २०७७

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा विभिन्न खेलकुल प्रतियोगीता सम्पन्न भएकोे छ । वडा कार्यालयको आयोजनामा भएको बार्षिक कार्यक्रम अन्तरगत भलिबल,हाईजम्प,लङजम्प र हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।

वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलकुद प्रतियोगिता अन्तर्गत भलिवल पुरुष तर्फ पुपुल्स वान पिपरी प्रथम, बिजौरी युवा क्लव द्धितिय र बड्का गल्ली पिपरी तृतिय भएका छन् । त्यस्तै महिला भलिवल तर्फ सृजना युवा क्लव पिपरा प्रथम, शंकर मावि द्धितिय र शंकर युवा क्लव तृतिय भएका हुन् ।

सो वडाको गाउँ स्तरिय खेलकुद प्रतियोगितामा महिला हाईजम्पमा आकृति चौधरी प्रथम, करिना चौधरी द्धितिय, कृष्णा चौधरीले तृतिय स्थान प्राप्त गरेका थिए । पुरुष लङजम्पमा रोशन चौधरी प्रथम, नारद चौधरी द्धितिय र असिम चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् । लङजम्प महिलातर्फ अस्मीता चौधरी प्रथम, इन्दु चौधरी द्धितिय र करिना चौधरीले तृतिय स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी प्रतियोगीतामा भलिवल तर्फ उत्कृष्ट खेलाडी असिम चौधरी र महिला भलिवल तर्फ इन्दु चौधरी छनौट भएका छन् । विद्यालय स्तरिय हाजिरीजवाफ तर्फ गोल्डेन फ्युचर बोडिङ स्कुल बी प्रथम, शंकर मावि द्धितिय र गोल्डेन फ्युचर बोडिङ स्कुल ए तृतीय भएको आयोजकले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]