टेकबहादुर पुन मंगलबार, माघ २०, २०७७

दाङ । पानी र सिमसार मानीस जिउने आधार भन्ने नारा सहित डिभिजन बन कार्यालय देउखुरीले सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिम सार दिबस बृक्षारोपण र सरसफाई गरि मनाएको छ ।

डिभिजन बन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले बन बन्यजन्तुको संरक्षण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्षण र बिकाश हुन आबश्यक रहेको कुरामा जोड दिनु एको थियो ।

लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रर्बदन नहुदा भएका सिमसारहरु मासिने खतरा रहेकोले त्यसको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताउनु भयो । त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु सरक्षण र प्रर्बदनको लागी सिमसारको खाचो हुने भएकोले त्यसको संरक्ष्ण र बिकाशमा लाग्न जरुरी रहेको बताउनु भएको हो । त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आबश्यक रहेको र यस प्रति सबैले ध्यान दिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकाश समितिका महासचिब लोकमणि मन्जाडेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गर्नु भएको थियो । त्यस्तै हाल नेपालको कुल जमिनको ५ प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]