
Pbu
Gisld
Sds
mbd
Mbdvs
Rbs

nsb
Ksm
Vor
Gst
Sls
Bbbpu
Wsp
Rgs
Asm
Rgu
Ggd
Tsm
Hal
Rgu
Sbs
Bbu
Pvg
Ssm
Rsb

Bml
Syp
Rmb
sab
Gsb
Jmb
Mks
Ptm
bbt
Rpp
Jmb
Abd
Pls
दाङ । नेपाल पत्रकार महासंघ दाङको २८औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । महासंघले शुभकामना आदान प्रदान एवं पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै आफ्नो २८औं बार्षिक साधारणसभा मनाएको हो ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोखे्रेलले सञ्चार क्षेत्र बलियो भए लोकतन्त्र बलियो हुने बताउनु भएको छ । त्यस्तै सञ्चार जगत बलियो र स्वतन्त्र भए मात्रै नागरिक अधिकार सुरक्षित हुने उहाँको भनाई छ । संघियताको कार्यान्वयन गर्ने क्रममा संघ, प्रदेश र स्थानिय सरकारले बनाउने कानुनहरु सञ्चार मैत्री बन्न नसकेको समेत उहाँको टिप्पणी छ ।
सरकार सञ्चार जगतलाई अंकुश लगाउने र नियन्त्रणमा राख्ने गरी कानुन बनाउन उद्धत देखिएको भन्दै उहाँले त्यसका लागि महासंघ आन्दोलनमै रहेको उल्लेख गर्नु भयो । सञ्चार क्षेत्र पनि आफ्नो नियममा बाधिनु पर्ने र जनजिवीका एवं न्यायको पक्षमा आवाज बुलन्द पार्नुपर्ने आबस्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमले सामाजिक न्याय र मूल्यको पत्रकारीता आबस्यक परेको बताउनु भयो । महासंघका केन्द्रिय सचिब उदय जि.एमले नागरिक स्वतन्त्रता प्रेस स्वतन्त्रता संग जोडिएको उल्लेख गर्नु भयो ।कार्यक्रममा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले सामाजिक न्याय,रुपान्तरण तथा संबृद्धीमा सञ्चार क्षेत्रको भूमिका उच्च रहेको भन्दै सरकार सदैब सकारात्मक रहेको बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्ने अन्य एक दर्जन बढी बक्ताहरुले पत्रकारीतालाई सम्मानित पेशा बनाउनु पर्नेमा जोड दिएका थिए । उनिहरुले पत्रकारीता मार्फत निष्पक्षता प्रर्दशन गर्ने र कुनै पनि अबस्थामा कोहीबाट प्रभावित हुन नहुनेमा जोड दिए । महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब भुपेन्द्र वलीले गर्नु थियो ।
