
mbd
Pbu
Mbdvs
Gisld
Sds
Rbs

Asm
Ggd
Rgu
Ksm
Bbu
Pvg
Hal
Ssm
Rgs
Rsb
Bbbpu
Rgu
Gst
Wsp
nsb
Vor
Sls
Tsm
Sbs

Jmb
Pls
Rpp
Syp
Bml
Rmb
Gsb
Jmb
Ptm
sab
bbt
Abd
Mks
रुकुम । रुकुममा नेत्रविक्रम चन्द (विप्लव) समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन जिल्ला अध्यक्ष त्रिबेणी गाउँपालिका वडा नं. २ बेतखोलाका २४ बर्षीय प्रेम बहादुर बोहोरा (प्रशान्त) रहेका छन् । त्यस्तै सोहि गाउँपालिका वडा नम्वर ९ का १६ बर्षीय नविन वली,मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने १९ बर्षीय सागर बुढा,सोहि ठाउँका १७ बर्षिय अभिषेक बुढा मगर र २७ बर्षीय किरण रसाईली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यस्तै उनिहरु गएको माघ १० गते त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बिसौनी नजिकै सडकमा प्रेसर कुकर बम फेला परेपछि प्रहरीले जिल्लामा सक्रियता बढाएको थियो । सोहि क्रममा उनीहरुलाई मुसिकोट १ रावल डाडामा संगठन बिस्तार गर्ने क्रममा प्रहरीले आईतवार नियन्त्रणमा लिएको हो । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
