
mbd
Gisld
Pbu
Sds
Rbs
Mbdvs

Sls
Vor
Rsb
Asm
Ggd
Rgs
Rgu
Pvg
Rgu
Bbbpu
nsb
Ksm
Ssm
Hal
Bbu
Gst
Wsp
Sbs
Tsm

bbt
Ptm
Syp
Rpp
Jmb
Mks
Bml
Jmb
Abd
Rmb
Gsb
sab
Pls
काठमाडौं । काठमाडौंको ममहानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे-राधेको सत्संग भत्काएको छ । कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत उक्त भवनहरु भत्काइएको महानगरपालिकाले जानकारी दिएको छ ।
आइतबार अपरान्ह डोजरसहित पुगेको महानगर पालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । क्लब भवनमा जिम हल पनि थियो । त्यस्तै वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न पूर्वयोजना अनुसार नै भवनहरु भत्काएको महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिनु भयो । यस्तै सो स्थानमा गुरुयोजना अनुसार कमलपोखरी बनाउन भवन भत्काउनुपर्ने थियो । महानगरपालिकाले पोखरी क्षेत्रभित्रैको महानगरीय प्रहरी वृत्तको केही भवन पनि भत्काएको थियो ।
त्यस्तै उक्त भवनहरु भत्काउने क्रममा स्थानीय युवाहरुले रोक्ने प्रयास गरेका थिए । ज्ञवालीले अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप पनि बनाउने र पूर्वतर्फ पोखरी हेर्न मिल्ने कलात्मक संरचना पनि बन्ने उहाँले बताउनु भयो । कंक्रिटको प्रयोग गर्दैनौं,उहाँले भन्नु भयो,तर समान्य रुपमा सिमेन्टको प्रयोग हुन्छ । यस्तै अहिले सम्पदाप्रेमीहरु सिमेन्ट प्रयोग भएको भन्दै कमलपोखरी बचाउने अभियान चलाइरहेका छन् ।
