Sidha Patra आइतबार, माघ १८, २०७७

काठमाडौं । काठमाडौंको ममहानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे-राधेको सत्संग भत्काएको छ । कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत उक्त भवनहरु भत्काइएको महानगरपालिकाले जानकारी दिएको छ ।

आइतबार अपरान्ह डोजरसहित पुगेको महानगर पालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । क्लब भवनमा जिम हल पनि थियो । त्यस्तै वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न पूर्वयोजना अनुसार नै भवनहरु भत्काएको महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिनु भयो । यस्तै सो स्थानमा गुरुयोजना अनुसार कमलपोखरी बनाउन भवन भत्काउनुपर्ने थियो । महानगरपालिकाले पोखरी क्षेत्रभित्रैको महानगरीय प्रहरी वृत्तको केही भवन पनि भत्काएको थियो ।

त्यस्तै उक्त भवनहरु भत्काउने क्रममा स्थानीय युवाहरुले रोक्ने प्रयास गरेका थिए । ज्ञवालीले अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप पनि बनाउने र पूर्वतर्फ पोखरी हेर्न मिल्ने कलात्मक संरचना पनि बन्ने उहाँले बताउनु भयो । कंक्रिटको प्रयोग गर्दैनौं,उहाँले भन्नु भयो,तर समान्य रुपमा सिमेन्टको प्रयोग हुन्छ । यस्तै अहिले सम्पदाप्रेमीहरु सिमेन्ट प्रयोग भएको भन्दै कमलपोखरी बचाउने अभियान चलाइरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]