चितवन । धुर्मुस,सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा माघ २४ गते स्टार क्रिकेट २०२१ को आयोजना हुने भएको छ ।
शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले क्रिकेट समेत खेलेका थिए । गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गरिने भएको हो ।
नेपाली चलचित्र, सांगीतिक क्षेत्र र खेलकुद क्षेत्रका ४० भन्दा बढी सेलिब्रिटीहरुले २४ गते क्रिकेट खेल्ने छन् । यो प्रतियोगीतामा २ टिम तयार पारिएको छ । दुई समुहलाई सिताराम कट्टेल र कुञ्जना घिमिरेले नेतृत्व गर्नु हुने छ ।
त्यस्तै एक दिवसिय मैत्रीपूर्ण प्रतियोगीतामा दयाहाङ राई,प्रमोद खरेल,सन्दिप क्षेत्री,दीपक बिष्ट,श्रृङ्खला खतिवडा,बेनिशा हमाल,संगीना बैद्य,प्रशान्त ताम्राकार,पारस खड्का,रवि ओड,ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी लगायतले क्रिकेट खेन्ले निधो भएको हो ।
त्यसैगरी पत्रकार सम्मेलनमा उपस्थित कलाकार तथा खेलाडीहरुले रोचक खेल हेर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।