दाङ । माछा मार्ने क्रम करेन्ट लागेर देउखुरीमा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका वडा नम्बर- ३ घर भएर हाल लमही नगरपालिका-३ टिकुलीगढमा बस्दै आएका ३८ वर्षीय सुरेश घर्ती मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
त्यस्तै घर्तीले माघ ३० गते राति ८ बजेको समयमा सोहि सेरेफेरोमा रहेको कुलामा करेन्ट लगाएर माछा मार्दै थिए, माछा मारिरहेको समयमा उनलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घर्तीलाई उपचारका लागि लमही अस्पताल ल्याइएको थियो उनको उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक भुसालले बताए ।
यस्तै खोला र नदीमा करेन्ट लगाएर माछा मार्ने, विष हाल्ने जस्ता अपराधिक कार्यले अकालमै ज्यान गुमाउनु पर्ने भएकोले यस्ता गतिविधि नगर्न सबैमा समेत प्रहरीले अनुरोध गरेको छ ।