श्रवण कुमार यादव बुधबार, माघ ३०, २०८१

दाङ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार  घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो ।

घोराहीको मुख्य चोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले  दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको कुरामा जोड दिए ।

त्यस्तै सडकमा बनाइएका जेब्रा क्रसिङ बिस्तारै मेटिएर गएपनि सम्बन्धित निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा पार्टीको सामाजिक कार्यअन्तर्गत सडक जेब्रा क्रसिङ बनाएको उनको भनाइ छ ।

पार्टीका इञ्चार्ज पाटन सीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउन लागेको र दिवसकै अवसरमा सामाजिक कार्यअन्तर्गत घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको बताए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गर्ने र फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा जनयुद्ध दिवस मनाउन लागेको समेत जानकारी दिए । पार्टीले सडकमा बनाउन लागेको जेब्रा क्रसिङमा ट्राफिक प्रहरीले समेत साथ दिँदै जेब्रा क्रसिङ नहुँदाको समस्या  पैदलयात्रुहरुलाई मात्रनभएर आफूहरूले भेगेको बताएका थिए ।

यस्तै घोराही बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ मेटिदै जाँदा पैदल मार्गबाट हिड्ने पैदलयात्रुहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए  । जेब्रा क्रसिङ बनेसँगै अबदेखि पैदलयात्रुलाई कहाँबाट बाटो काट्ने भन्ने समस्याको समाधान भएको र यसले सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नेछ । आज दिउँसो करिब एकबजे पार्टीका नेताकार्यकर्ताहरु जेब्रा क्रसिङ बनाउन सडकमा पुगेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]