
cjs
Pes
Gfs
pku
sbs
Sgr
Unsku
Pbu
Ggp
Djs
Rgp1
Srbpu
Rgp
Lnp

Ksm
Rgs
Wsp
Ssm
Asm
Ggd
Sls
Pvg
Tsm
Vor
Sbs
Rsb
nsb
Hal
Rgu
Bbbpu
Gst
Bbu
Rgu

Syp
bbt
Gsb
Rpp
Jmb
Abd
Jmb
sab
Mks
Bml
Pls
Ptm
Rmb
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेस पार्टीले अन्य दलहरुको पनि अभिभावकत्व लिने सक्ने क्षमता भएको पार्टी बताएका छन् ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँडले नेपाली कांग्रेस निर्वाचनका बेला आफ्नै बलबुतामा पनि चुनाव लड्न सक्ने बिताए ।
केन्द्रीय सदस्य खाँडले भने ‘चारैतिर गठबन्धनका कुरा सुन्छु, गठबन्धन कुनै विषय नै होइन र यसका पछि लाग्नु पनि हुँदैन भन्छु म’- जनताको चाहाना र भवना कसरी पूरा गर्ने ? जनताको कांग्रेसप्रती छाएको नैराश्यतालाई कसरी कम गर्न सकिन्छ भन्ने अहिलेको मुलभूत कुरा हो र सबै तह र तप्कामा रहेका हामीले यो कुरा बुझ्न जरुरी छ’- उनले भने ।
नेपाली कांग्रेस जहिले पनि नेपाली काङ्ग्रेसलाई देशकै पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । नेपाली कांग्रेसले निर्वाचन हारेमा प्रजातन्त्र समाप्त हुन सक्छ, कांग्रेसले देशको नेतृत्व गरिसकेपछि देशमा धेरै विकास भएको छ, यो कुरा हामीले जनतालाई बुझाउन जरुरी छ”- नेता खाँडले भने । साथै उनले कांग्रेस भएकोमा सबैले गर्व गर्नु पर्छ, हामीले सहि पार्टी रोज्दै गर्दा पनि जनता र कार्यकर्तालाई सहि परिणाम दिन नसक्नु चिन्ताको विषय हो’- उनले भने ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उपसभापति दिनेश गिरीले स्वागत मन्तव्य राखेका थिए । यस्तै उपसभापति श्रीपद चौधरीले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव खेमलाल चौधरीले कार्यक्रमको संचालन गरेका थिए ।
