प्रिया स्मृती गजमेर/लमही सोमबार, माघ २८, २०८१

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेस पार्टीले अन्य दलहरुको पनि अभिभावकत्व लिने सक्ने क्षमता भएको पार्टी बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँडले नेपाली कांग्रेस निर्वाचनका बेला आफ्नै बलबुतामा पनि चुनाव लड्न सक्ने बिताए ।

केन्द्रीय सदस्य खाँडले भने ‘चारैतिर गठबन्धनका कुरा सुन्छु, गठबन्धन कुनै विषय नै होइन र यसका पछि लाग्नु पनि हुँदैन भन्छु म’- जनताको चाहाना र भवना कसरी पूरा गर्ने ? जनताको कांग्रेसप्रती छाएको नैराश्यतालाई कसरी कम गर्न सकिन्छ भन्ने अहिलेको मुलभूत कुरा हो र सबै तह र तप्कामा रहेका हामीले यो कुरा बुझ्न जरुरी छ’- उनले भने ।

नेपाली कांग्रेस जहिले पनि नेपाली काङ्ग्रेसलाई देशकै पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । नेपाली कांग्रेसले निर्वाचन हारेमा प्रजातन्त्र समाप्त हुन सक्छ, कांग्रेसले देशको नेतृत्व गरिसकेपछि देशमा धेरै विकास भएको छ, यो कुरा हामीले जनतालाई बुझाउन जरुरी छ”- नेता खाँडले भने । साथै उनले कांग्रेस भएकोमा सबैले गर्व गर्नु पर्छ, हामीले सहि पार्टी रोज्दै गर्दा पनि जनता र कार्यकर्तालाई सहि परिणाम दिन नसक्नु चिन्ताको विषय हो’- उनले भने ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उपसभापति दिनेश गिरीले स्वागत मन्तव्य राखेका थिए । यस्तै उपसभापति श्रीपद चौधरीले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव खेमलाल चौधरीले कार्यक्रमको संचालन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]