
Gfs
cjs
Pbu
Lnp
pku
Unsku
Pes
Srbpu
sbs
Rgp1
Sgr
Djs
Ggp
Rgp

Bbbpu
Rgu
Ksm
Sbs
Sls
Vor
nsb
Asm
Rsb
Bbu
Ssm
Hal
Wsp
Tsm
Ggd
Pvg
Gst
Rgu
Rgs

Jmb
Abd
Rpp
Syp
sab
Jmb
Bml
Gsb
Pls
Ptm
Mks
Rmb
bbt
दाङ । मटावाँ, बरघर,भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका ३ चखौरामा भेला हुने थारूहरूलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुगेका छन् ।
देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेका थिए । माघ २६ र २७ गतेसम्म थारू सांस्कृतिक सङ्ग्रहालयमा अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ । यस्तै मघौटा,छोक्रा,हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारू परिकारमा ढिक्री,अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ ।
त्यस्तै महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहित सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् । महोत्सवमा दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर, सुर्खेत, रूपन्देही,नवलपरासी,कपिलवस्तु जिल्ला हजारौं मटावाँ,बरघर (भलमन्सा),ककन्डर्वाहरू लगायत थारू समुदायको उपस्थिति रहेको छ ।
