
Ppu
gms
jms
sks
Asm
Rus
Bpb
jmb
Ddh
Gsbus
Sys
Rg-9
smb
Ssbus

Ln9
Asm
Ssb
Dps
Ln1
Sbs
cks
Rys
bml
Hl1
Gg5
bmj
kbs
Ln3
Tsb
Ln7
Ln2
Usb
Gsb
Gg1

Nps
Gjl
Sbs
Gg3
Bpb
Gg4
Sml
Snk
Gg2
Sab
Gg6
Jab
Ksb
ptl
Rss
Rgu
Jpb
दाङ । मटावाँ, बरघर,भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका ३ चखौरामा भेला हुने थारूहरूलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुगेका छन् ।
देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेका थिए । माघ २६ र २७ गतेसम्म थारू सांस्कृतिक सङ्ग्रहालयमा अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ । यस्तै मघौटा,छोक्रा,हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारू परिकारमा ढिक्री,अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ ।
त्यस्तै महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहित सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् । महोत्सवमा दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर, सुर्खेत, रूपन्देही,नवलपरासी,कपिलवस्तु जिल्ला हजारौं मटावाँ,बरघर (भलमन्सा),ककन्डर्वाहरू लगायत थारू समुदायको उपस्थिति रहेको छ ।
