
Rgp
Pes
sbs
Rgp1
Gfs
Pbu
Lnp
Sgr
Ggp
Djs
cjs
Unsku
pku
Srbpu

Ssm
Hal
Sbs
Tsm
Pvg
Ggd
Asm
Rgu
Bbu
nsb
Rsb
Rgs
Ksm
Rgu
Bbbpu
Vor
Gst
Wsp
Sls

Jmb
Syp
Bml
Abd
Rmb
Mks
Rpp
Jmb
Ptm
Pls
Gsb
sab
bbt
दाङ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक बिहीबार आज लमहीमा सम्पन्न भएको छ ।
बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिएर खटाई नेपाल तरुण दल दाङ -१ का क्षेत्रीय सभापति किरण विक्रम शाहले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण यादव र शुवर्ण शाह, राजपुर गाउँपालिकामा प्रिया स्मृती गजमेर र युवराज गिरी, लमही नगरपालिकामा शुवर्ण शाह, प्रिया स्मृती गजमेर, नारायण आचार्य र युवराज गिरीलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकामा यहिँ फाल्गुन १० गते वडा नम्बर ३ मा सबै वडालाई सहभागी गराएर कार्यक्रम गर्ने निर्णय भएको छ । राजपुर गाउँपालिकामा माघ २६ गते वडा नम्बर २ मा १, २, र ३ नम्बरलाई समेट्ने गरि कार्यक्रम तय भएको छ भने २८ गते वडा नम्बर ५ मा ४, ५ र ६ नम्बरलाई समेटेर कार्यक्रम हुने भएको छ भने ३० गते वडा नम्बर ७ मा ७ नम्बरको कार्यक्रम हुने भएको सभापति शाहले बताएका छन् ।
यस्तै गढवा गाउँपालिकामा फाल्गुन ३ गते वडा नम्बर ३ मा १, २, र ३ र ४ लाई समेटेर कार्यक्रम हुने भएको छ भने फाल्गुन १० गते ६ नम्बर वडामा ५, ६, ७ र ८ नम्बरलाई सहभागी गराएर भव्य कार्यक्रम गर्ने तयारी थालिएको छ । लमही नगरपालिकामा कति गते कार्यक्रमको आयोजना गर्ने भन्ने बारे छलफल भैरहेको सभापति शाहको भनाई छ ।
त्यस्तै अब दाङ -१ मा नेपाल तरुण दलले पार्टीसंग समन्वय गर्दै आफ्ना सबै प्रकारका गतिविधिलाई चलायमान गराउने छ । नेपाली कांग्रेसको साथमा नेपाली कांग्रेसका नेतृत्वका साथमा तरुण दस्ता छ भन्ने, तरुण नै शक्ति हो तरुण नै देशलाई आवश्यक पर्ने दस्ता हो भनेर बुझाउनु छ”- शाहले भने ।
