दाङ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक बिहीबार आज लमहीमा सम्पन्न भएको छ ।
बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिएर खटाई नेपाल तरुण दल दाङ -१ का क्षेत्रीय सभापति किरण विक्रम शाहले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण यादव र शुवर्ण शाह, राजपुर गाउँपालिकामा प्रिया स्मृती गजमेर र युवराज गिरी, लमही नगरपालिकामा शुवर्ण शाह, प्रिया स्मृती गजमेर, नारायण आचार्य र युवराज गिरीलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकामा यहिँ फाल्गुन १० गते वडा नम्बर ३ मा सबै वडालाई सहभागी गराएर कार्यक्रम गर्ने निर्णय भएको छ । राजपुर गाउँपालिकामा माघ २६ गते वडा नम्बर २ मा १, २, र ३ नम्बरलाई समेट्ने गरि कार्यक्रम तय भएको छ भने २८ गते वडा नम्बर ५ मा ४, ५ र ६ नम्बरलाई समेटेर कार्यक्रम हुने भएको छ भने ३० गते वडा नम्बर ७ मा ७ नम्बरको कार्यक्रम हुने भएको सभापति शाहले बताएका छन् ।
यस्तै गढवा गाउँपालिकामा फाल्गुन ३ गते वडा नम्बर ३ मा १, २, र ३ र ४ लाई समेटेर कार्यक्रम हुने भएको छ भने फाल्गुन १० गते ६ नम्बर वडामा ५, ६, ७ र ८ नम्बरलाई सहभागी गराएर भव्य कार्यक्रम गर्ने तयारी थालिएको छ । लमही नगरपालिकामा कति गते कार्यक्रमको आयोजना गर्ने भन्ने बारे छलफल भैरहेको सभापति शाहको भनाई छ ।
त्यस्तै अब दाङ -१ मा नेपाल तरुण दलले पार्टीसंग समन्वय गर्दै आफ्ना सबै प्रकारका गतिविधिलाई चलायमान गराउने छ । नेपाली कांग्रेसको साथमा नेपाली कांग्रेसका नेतृत्वका साथमा तरुण दस्ता छ भन्ने, तरुण नै शक्ति हो तरुण नै देशलाई आवश्यक पर्ने दस्ता हो भनेर बुझाउनु छ”- शाहले भने ।