
pku
Rgp
Pes
Unsku
Rgp1
cjs
Djs
Srbpu
Lnp
sbs
Ggp
Gfs
Pbu
Sgr

Wsp
Rgu
Sls
Vor
Rgu
Rgs
Gst
Hal
Ggd
Bbbpu
Tsm
Asm
Ksm
Sbs
Ssm
Pvg
Bbu
nsb
Rsb

Rpp
Rmb
Abd
Ptm
Syp
Pls
bbt
Jmb
Jmb
Mks
Gsb
Bml
sab
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक रवि लामिछानेसँग चितवन जिल्ला अदालतले ५४ लाख धरौटी माग गरेको छ ।
चितवन साहारा सहकारी ठगीको अभियोग लागेका लामिछानेलाई जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेशको दिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध मंगलबार सहकारी ठगीमा मुद्दा दायर भएको थियो ।
त्यस्तै १२ जनालाई संगठित अपराध र ठगी दुवै कसुरमा मुद्दा दायर गरिएपनि लामिछाने सहित बाँकी २० जनालाई ठगीको मात्रै अभियोग लगाइको छ। त्यही कारण मुद्दा दायर गर्ने जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुईटेलमाथि छाबिन गर्न महान्यायाधीवक्ता कार्यालयले छानबिन समिति नै गठन गरेको छ ।
यस्तै साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार रुपैयाँ गैरकानुनी रुपले गएको दाबी गरिएको छ । यसअघि कास्की, काठमाडौँ, रुपन्देही जिल्ला अदालतले पनि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
त्यस्तै जारी आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरेवमोजिम हुने गरी तत्काल निज प्रतिवादी रबि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु ५४,००,०००। (चौबन्न लाख) रुपैयाँ धरौट वा जमानत वा बैड्क जमानत लिनु । सो माग भएको धरौट वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु। सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।’देशसंचार
