Sidha Patra शनिबार, माघ १७, २०७७

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको मृत्यु  भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनु भएको हो ।

ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताउनु भयो । बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]