Sidha Patra शनिबार, माघ १७, २०७७

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ ।

निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चारवटामा फेसबुकको निर्णय उल्टाइएको छ । फेसबुकमा राखेका आफ्ना सामाग्री फेसबुकले डिलिट गरिदिएको भन्दै प्रयोगकर्ताले उक्त बोर्डमा निवेदन दिएका थिए । फेसबुक मात्र नभई इन्स्टाग्राम प्रयोगकर्ताले समेत उक्त बोर्ड समक्ष निवेदन गर्न सक्दछन् । हाल सुनुवाइ पाँचवटै मुद्दासँग सम्बन्धित सामाग्रीहरु नग्नता, घृणा फैलाउने अभिव्यक्ति तथा कोभिड सम्बन्धी गलत सूचनासँग सम्बन्धित छन् । फेसबुकको नियम उल्लंघन गरेको आरोपमा ती पोष्टहरु फेसबुकले हटाइदिएको थियो ।

त्यस्तै २० सदस्यीय बोर्डमा विश्वका पूर्व प्रधानमन्त्रीदेखि नोबेल पुरस्कार विजेता, वकिल, पत्रकार लगायत छन् । यो बोर्डका निर्णयहरु अन्तिम तथा बाध्यकारी हुने बताइएको छ । फेसबुकले हटाइदिएका तर उसको सर्वोच्च अदालतले पुन:स्थापित गर्न आदेश दिएका पोष्टहरुमा एकजना म्यानमारका फेसबुक प्रयोगकर्ताले युरोप छिर्न लागेको बेला समुद्रमा डुबेको एक कुर्दिस बच्चाको तस्वीर सहितको सामाग्री छ ।

त्यस्तै दोश्रो सामाग्रीचाहिँ स्तन क्यान्सरको बारेमा जनचेतना जगाउनका लागि एकजना ब्राजिलियन प्रयोगकर्ताले इन्स्टाग्राममा पोष्ट गरेको स्तनको मुन्टा सहितको तस्वीर छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक तथा इन्स्टाग्रामले लगाएको प्रतिबन्ध फुकुवा हुने÷नहुने अनिश्चित भएको अवस्थामा निगरानी बोर्डले गरेको पछिल्लो निर्णयलाई महत्वपूर्ण मानिएको छ ।

फेसबुकले ट्रम्पमाथिको निलम्बनको निर्णयलाई समीक्षाका लागि निगरानी बोर्डमा सिफारिस गरिएको जनाएको छ । यस विषयमा बोर्डले बढीमा ९० दिन भित्रमा आफ्नो फैसला सुनाउनु पर्नेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]