इराधा झाक्री मगर बुधबार, माघ १६, २०८१

दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाले २१औँ स्थापना दिवसको अवसरमा मङ्गलबार दीप प्रज्गज्वलन गरी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका अध्यक्ष तुलबहादुर कँवर मगरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाइएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कार्कीले डोकोबाट सुरु भएको प्रेस जगत अहिले आधुनिक युगमा प्रवेश गरेको बताएका छन् । उनले युग परिवर्तन गर्न भूमिका खेलेका कृष्ण सेन ‘ऐच्छिक’ले आफ्नो ज्यानको आहुति दिएको स्मरण गर्दै ऐच्छिकको शालिकमा माल्यार्पणपश्चात् भावुक अभिव्यक्ति दिएका थिए।

त्यस्तै दीप प्रज्ज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका उपाध्यक्ष तुला गिरी, विद्यार्थी,महिला,युवा संघ,पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका सचिव इराधा झाँक्री मगरले गरेकी थिइन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]