
Gisld
Mbdvs
mbd
Pbu
Rbs
Sds

Rgu
Hal
Tsm
Vor
Sbs
Rgu
Asm
Pvg
Bbu
Rgs
Gst
Ksm
Ggd
Ssm
Wsp
Bbbpu
nsb
Sls
Rsb

Gsb
Jmb
Syp
Rmb
Pls
Mks
Jmb
Rpp
Bml
Abd
Ptm
sab
bbt
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले गरीब,जेहेन्दार,अतिबिपन्न परिवारका सन्तान र आमा समूहका उद्यमी महिलाहरुलाई एक कार्यक्रमको बीच साइकल वितरण गरिएको छ ।
शनिबार गढवा र राजपुरका ४६ जना स्कुले बालबालिका र १० जना आमा समूहका महिला हरुलाई उक्त साइकल सहयोग गरिएको थियो । साइकल उपहार पाए पछि बुद्धज्योति अग्रेजी माध्यमिक विद्यालय गढवा कक्षा १० मा अध्ययनरत सुगम चौधरी निकै खुशी थिए । राजपुर–२,गहिरा निवासी चौधरीलाई विद्यालय हिड्दै पुग्न १ घण्टा ३० मिनेट लाग्छ । सानैमा बुबा गुमाएका उनी अहिले एसइइको तयारीमा रहेका छन् । “घरमा कमाउने मान्छे कोही छैन आमालाई कसरी साइकल किन्न भन्नु त्यसैले घरदेखि हिड्दै जानु पर्थ्यो । तर अब म भोलि देखि ट्युसन र विद्यालय साईकल चढेर जान्छु ।” उनले खुशी हुँदै भने ।
विद्यालय जाने बालबालिका जस्तै सोमइथान आमा समूहकि चित्रा नेपाली पनि नयाँ साइकल पाउदा दंग थिइन् । राजपुर–२ चप्फा निवासी चित्राले किराना पसल, बङ्गुर फर्म र मासु पसल संचालन गर्दै आइरहेकी छिन् । “अब मलाई बजारबाट पसलका लागि समान ल्याउन र बङ्गुरका लागि दाना ल्याउन निकै सजिलो हुनेछ ।” चित्राले भनिन् । मुक्त कमलहरी,गरीब तथा अतिबिपन्न परिवारका सन्तानलाई शिक्षामा प्रोत्साहनका लागि साइकल वितरण गरिएको सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताउनु भयो ।
त्यस्तै विद्यार्थी लगायत आमा समूहका उद्यमीहरुलाई यस साइकलले जीवन सहज हुने उहाँको भनाइरहेको छ । संरक्षण आमा समूह प्रनाहाकी सदस्य रिना चौधरीको सभाअध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी अरुणीमा बिक, आमा समूह सदस्य बिमला चौधरी र गढवा गाउँपालिका शिक्षा शाखा सहसंयोजक रविलाल माझि लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
डब्लुएफसिएल र आइएसभिजी नेदरल्याण्ड, हुमानीट्रेल स्विजरल्याण्ड र डिडब्लुसि क्यानडाको सहयोगमा उक्त साईकल सहयोग गरिएको सापकोटाले जानकारी दिनु भएको हो । त्यस्तै विभिन्न आमा समूहलाई प्रोत्साहन समूहको कोष बृद्धिका लागि १०/१० हजार रुपैया पनि सहयोग गरिएको थियो । सिपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन सरिता चौधरीले गर्नुभएको थियो ।
