
dsbus
Ddhbs
syysr
Ratbs
Nssbus7
Gsl
Syees
Jsbus
Csbus
Bksbus5
Ssbus
Pbu
gms
Amb
Rbs
Gsbus

Rgu
Bbu
Asm
Wsp
Hal
Ggd
Bbbpu
Rgu
Tsm
Rsb
Sls
Rgs
nsb
Ksm
Sbs
Gst
Ssm
Pvg
Vor

Syp
Jmb
Gsb
Bml
Ptm
sab
bbt
Rmb
Pls
Abd
Mks
Rpp
Jmb
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबार वाद-विवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाको क्षमता अभिवृद्धि गर्दै जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यका साथ प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक हप्ताको शुक्रबार विभिन्न विधामा यस किसिमको कार्यक्रम सञ्चालन गर्ने गरि पहिलो कार्यक्रमको आयोजना गरिएको प्राथमिक तहका संयोजक कमल भण्डारीले जानकारी दिए ।
प्रत्येक दिन कक्षामा सञ्चालन गरिएको प्रतियोगिता मार्फत छनोट भएर आएका कक्षा चारका १० जना र पाँचका १० जना गरि २० जनालाइ प्रतिस्पर्धा गराइएको थियो । धन ठूलो कि विद्या ठूलो भन्ने शीर्षकमा प्रतियोगिता गराइएको हो । उक्त प्रतियोगितामा कक्षा ५ बाट प्रथम रिजन न्यौपाने,द्वितीय अन्जु शाही,तृतीय एलिना विष्ट,सान्त्वना जेनिशा केसी र हिमानी ओली रहेका छन् । यस्तै कक्षा ४ बाट प्रथम अनुप बुढाथोकी, द्वितीय सिद्धार्थ न्यौपाने,सेजल सापकोटा,तृतीय सदिक्षा रोका, एलिना कठायत रहेका छन् ।
प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूको लागि ४ मिनेटदेखि बढीमा पाँच मिनेटसम्मको समय दिइएको थियो । समय सूचकमा शिक्षिका अन्जली गुप्ता रहेकी थिइन् । प्राथमिक तहका संयोजक कमल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको निर्णायकमा शिक्षक गणेश जि.एम. रहेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सजित राउतले गरेका थिए ।
