
Pbu
cjs
Rgp1
Djs
Pes
Unsku
sbs
Lnp
Ggp
Sgr
Srbpu
Gfs
pku
Rgp

Ssm
Rgu
Wsp
Gst
Vor
Ggd
Rgu
nsb
Pvg
Rgs
Tsm
Ksm
Rsb
Sls
Bbbpu
Sbs
Bbu
Asm
Hal

Mks
Syp
Jmb
Rmb
Gsb
Ptm
Jmb
Bml
Pls
Abd
bbt
sab
Rpp
रुपन्देही । रुपन्देहीकप बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा आज तेस्रो दिन पनि बहस सकिएन ।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा बयानपछि बिहीबारबाट बहस सूरु भएको थियो । पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल,गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
यस्तै जाहेरकर्ताकातर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए । शुक्रबार चिया समय पछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित अधिवक्ता डा नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्ने छन् । प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुन सरकारी वकिल तथा जाहेरकर्ताका अधिवक्ताले जवाफी बहस गर्ने छन् । त्यसपछि मात्रै आदेश आउने अदालतका अधिकारीहरुले बताएका छन् ।
