
cjs
Rgp1
Rgp
Pbu
Sgr
pku
Djs
Ggp
sbs
Unsku
Srbpu
Pes
Gfs
Lnp

Rgu
Tsm
Hal
Bbbpu
Rgu
Sls
nsb
Wsp
Ksm
Rgs
Bbu
Ggd
Asm
Sbs
Gst
Ssm
Rsb
Pvg
Vor

sab
Rpp
Rmb
Bml
Syp
bbt
Jmb
Abd
Ptm
Jmb
Pls
Mks
Gsb
दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार आज तुलसीपुर आउने भएका छन् ।
नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्न उनि तुलसीपुर आउन लागेका हुन् । अधिवेशन उद्घाटन कार्यक्रम शुक्रबार बिहान ११ बजे तुलसीपुरको अरनिको मैदानमा हुनेछ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा माओवादी तुलसीपुर नगर अध्यक्ष मोहन थापाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेलेको बताए ।
त्यसअवसरमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य शेषुराम भण्डारीले प्रचण्डसँग टरिगाउँ एयरपोर्ट सञ्चालन र घोराही –तुलसीपुर सडकलाई फोरलेनमा विस्तार गर्न पहल गरिदिन आग्रह गर्ने योजना रहेको बताए ।
