सन्तोष कुमार गुप्ता बुधबार, माघ ०९, २०८१

दाङ । सिसहनियाँ महाेत्सवस्थल नजिक दुबै मृगाैला खराब भई गत माघ ५ गते मृत्यु भएका मन्टुप्रसाद चाैधरीकाे परिवारलाई महाेत्सव ब्यवस्थापकहरूले नगद १५ हजार सहयाेग प्रदान गरेको छ ।

बिगत ५ बर्ष देखि मृगाैला राेगबाट पिडित हुनु भएका मन्तुप्रसाद चाैधरीकाे गएकाे माघ ५ गते शनिबार ४१ बर्षकाे उमेरमा आफ्नै निवासमा मृत्यु भएकाे थियाे ।

यसैबीच महाेत्सव सञ्चालनकाे चाैधाैँ दिन अर्थात मृत्यु भएकाे पाँचाैँ दिन आज बुधबार महाेत्सवका व्यवस्थापकहरू हिरा हमाल, त्रिकेन्द्र जिसी र हरि रावत (हरि दंगाली) ले सयुक्त रूपमा नगद रू १५ हजार सहयाेग प्रदान गरेका हुन् ।

महाेत्सवस्थल नजिक भएकाे र मृगाैला राेगबाट लामाे समय सम्म ग्रसित भई निधन भएकाे भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनलाई गहिराे समवेदना समेत प्रकट गरेका छन् । साथै माेहत्सव व्यवस्थापकहरू तीनै जनाले पिडित परिवारलाई अगामी दिनमा थप आवश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसैबीच महाेत्सव आयाेजक सिसहनियाँ उद्योग बाणिज्य संघले पनि पिडित परिवारलाई नगद सहयाेग प्रदान गर्ने जनाएकाे छ । संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकीले महाेत्सव समापन समाराेहमा पिडितलाई नगद सहयाेग गर्ने बताए । मृतकका श्रीमती उद्योग बाणिज्य संघकाे सदस्य समेत रहेकाेले संघ र व्यपारीहरूबाट संकलित सम्पूर्ण रकम एक मुष्ठ सहयाेग प्रदान गरिने अध्यक्ष बुढाथाेकीले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]