
Sds
Rbs
Pbu
mbd
Mbdvs
Gisld

Bbu
nsb
Gst
Pvg
Rgs
Bbbpu
Rgu
Sbs
Vor
Ksm
Ssm
Asm
Wsp
Tsm
Sls
Rsb
Rgu
Hal
Ggd

Bml
sab
Mks
Jmb
Ptm
Rpp
bbt
Jmb
Syp
Abd
Rmb
Pls
Gsb
दाङ । जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण पुस र माघ महिना भरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को कार्यक्रम अन्तर्गत शुक्रबार राजपुर गाउँपालिका वडा नं ५ जंग्रहवामा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संगीता विश्वकर्माको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सभासद तथा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष दाङ जिल्ला अध्यक्ष महेश रिजालले प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै सहिदहरु प्रति एक मिनेट मौनधारण गरी सबै सहभागीहरु संग परिचयात्मक कार्यक्रम पनि भएको थियो भने भेलामा निशान भण्डारी,सुरज भण्डारी,कल्पना बुढा मगर लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रममा संगीता विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय पालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) राजपुर गाउँपालिका स्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा निशान भण्डारी,सचिव कल्पना बुढा मगर, सहसचिब सरस्वती चौधरी,कोषाध्यक्ष सुरज भण्डारी र सदस्यहरुमा अमृता वली, प्रमिला कुमारी यादव, मुना घर्ती,सरिस्मा भण्डारी, काजल भण्डारी,अञ्जली चौधरी,अनिसा भण्डारी,पार्वती भण्डारी,सञ्जिता चौधरी,रुमा चौधरी,मिना चौधरी चयन हुनु भएको छ ।
त्यस्तै सो समितिमा दुई रिक्त स्थान राखिएको छ भने सल्लाहकारमा खगी कुमारी श्रेष्ठ,करिना यादव, शुनिल विश्वकर्मा,गोरी हमाल,कल्पना पुन रहनु भएको छ । सरस्वती चौधरीको स्वागत मन्तव्यबाट उक्त कार्यक्रमको संचालन दिनेश रैदासले गर्नु भएको थियो ।
