दिनेश रैदास शुक्रबार, माघ १६, २०७७

दाङ । जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण पुस र माघ महिना भरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को कार्यक्रम अन्तर्गत शुक्रबार राजपुर गाउँपालिका वडा नं ५ जंग्रहवामा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगीता विश्वकर्माको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सभासद तथा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष दाङ जिल्ला अध्यक्ष महेश रिजालले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै सहिदहरु प्रति एक मिनेट मौनधारण गरी सबै सहभागीहरु संग परिचयात्मक कार्यक्रम पनि भएको थियो भने भेलामा निशान भण्डारी,सुरज भण्डारी,कल्पना बुढा मगर लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै सो कार्यक्रममा संगीता विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय पालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) राजपुर गाउँपालिका स्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा निशान भण्डारी,सचिव कल्पना बुढा मगर, सहसचिब सरस्वती चौधरी,कोषाध्यक्ष सुरज भण्डारी र सदस्यहरुमा अमृता वली, प्रमिला कुमारी यादव, मुना घर्ती,सरिस्मा भण्डारी, काजल भण्डारी,अञ्जली चौधरी,अनिसा भण्डारी,पार्वती भण्डारी,सञ्जिता चौधरी,रुमा चौधरी,मिना चौधरी चयन हुनु भएको छ ।

त्यस्तै सो समितिमा दुई रिक्त स्थान राखिएको छ भने सल्लाहकारमा खगी कुमारी श्रेष्ठ,करिना यादव, शुनिल विश्वकर्मा,गोरी हमाल,कल्पना पुन रहनु भएको छ । सरस्वती चौधरीको स्वागत मन्तव्यबाट उक्त कार्यक्रमको संचालन दिनेश रैदासले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]