
Sgp
Dus
Lnp
Asb
Ggp
Rgp
Rgp
Jns
Rgp
Usb
Ggp
Dbs
Rgp
lnp
Pbu
Lks
ksb


दाङ । गढवा उद्याेग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालन लगायतका ७ बुदे ध्यानाकर्षण पत्र साेमबार गढवा गाउँपालिकालाई बुझाएकाे छ ।
अस्तब्यस्त रहेकाे तरकारी बजारलाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला,ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन,गढवामा पशु हाटबजार,ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान,गाउँपालिकाले परियाेजना मार्फत निर्माण गरेकाे भवन यथासिघ्र संचलान लगायतका महत्वपूर्ण विषयहरू राखी गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलकाे नेतृत्वमा गएकाे टाेलिले पालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रेललाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
पत्र बुझ्दै पालिका अध्यक्ष शर्माले अहिलेकाे आवश्यकताकाे विषय उद्योग बाणिज्य संघले उठाएकाे बताउदै,यस विषयमा पालिकाले कामहरू अघि बढाउने बताए । अध्यक्ष शर्माले फागुन १ गते बाटै हाट बजार संचालन गर्ने गरि तयारी गरिएकाे जानकारी गराउदै,गढवा चाेकमा अस्तब्यस्त रहेकाे तरकारी,ढेब्ली तथा ठेलालाई तत्कालै ब्यबस्थापन गरिने जानकारी दिए । ब्यबसायी संचालक,उद्योग बाणिज्य संघ र सम्बन्धित पक्षसँग एक कार्यक्रम गरि ब्यबस्थापन छिट्टै गरिने जानकारी दिदै अध्यक्ष शर्माले बजार क्षेत्रमा सडकबत्ति तथा सिसि क्यामेरा समेत सम्बन्धित वडासँग छलफल गरी जडान गरिने बताए ।
यता गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रातमा बजार क्षेत्र नै अन्धकार हुँदा,सिसि क्यामेरा नहुदा चाेरीका घटनाहरू बढ्न थालेकाले ध्यानाकर्षण पत्र बुझाईएकाे जानकारी दिए । साथै अध्यक्ष बसेलले,अस्तब्यस्त तरकारी बजार,बाटाे तथा फुटपाथमा ढेब्लि ठेला हुनुले दुर्घटना बढ्न सक्ने भन्दै साे ब्यबस्थापनमा स्थानिय सरकारसँग उद्योग बाणिज्य संघ समन्वय गरि अघि बढ्ने बताए ।
गढवाकाे मेनचाेक साघुराे भएकाेले सडक बिभाग दाङ र हुलाकी राजमार्ग नेपालगंजसँग समन्वय गरि चाेक फराकिलाे बनाउन पहल समेत गरेकाे बताए । टाेलिमा संघका अध्यक्ष बसेल,पुर्व अध्यक्ष रबिलाल आचार्य, बरिस्ठ उपाध्यक्ष मधा न्याैपाने,उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, सल्लाहकार उमाकान्त पन्त, रामप्रसाद गैरे, गुमानसिंह गुरूङ, प्रेस,सल्लाहकार शिवराज पन्थि सदस्यहरू राज कुमार नेपालि, डेगमान जिसि लगायतकाे सहभागीता रहेकाे थियाे ।
