
Unsku
Srbpu
Ggp
Djs
Pes
sbs
Lnp
Pbu
cjs
pku
Sgr
Rgp
Rgp1
Gfs

Rgs
Hal
Bbu
Wsp
Tsm
Vor
Bbbpu
Rsb
Rgu
Ksm
Ggd
Gst
Rgu
Sls
Sbs
Asm
nsb
Ssm
Pvg

Ptm
bbt
Rpp
Abd
Jmb
Bml
Jmb
Mks
Gsb
Syp
Pls
sab
Rmb
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पुरक मुद्धा दर्ताका लागि आइतबार आज जिल्ला अदालत रुपन्देहीमा लगिदै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले अदालतमा पूरक मुद्धा लैजान लागेको हो ।
त्यस्तै यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो । आइतबार भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायतको मुद्धा अदालतमा लैजाने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
‘सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्धा दर्ताका लागि हामीले आजै जिल्ला अदालत पठाउँछौं, त्यसपछि दर्ता गर्ने काम अदालतको हो,’ पौडेलले भने । यसअघि लामिछाने र जोशीसहित १४ जना विरुद्ध पूरक मुद्धा लैजाने भनिएकोमा केही व्यक्तिहरु थप भएको पौडेलले बताए । ‘संख्या यति नै नभनौं १४ जना भन्दा बढि छन्,’ उनले भने।
त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो। उनीहरुको पूरक मुद्धा पनि दर्ता भएको जानकारी अदालतबाट सरकारी वकिलको कार्यालयमा आइनपुगेको पौडेलले जानकारी दिए।
आइतबार लैजाने पूरक मुद्धामा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा लैजान लागेको २५६ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशी दुबैजनालाई सहकारी ठगि र संगठित अपराध कसुरको कारवाही सहित ४ करोड भन्दा बढिको विगो माग गरिएको छ । यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पोखरा र काठमाण्डौंमा अभियोग दर्ता भएको थियो।
त्यस्तै सहकारी ठगि अभियोगमा गत कार्तिक २ गते कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने अदालतको आदेशपछि ६५ लाख धरौटी बुझाएर पुस २६ गते हिरासतमुक्त भएका थिए। जोशी भने ८८ लाख धरौटीमा रिहा भएका थिए । त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौँमा पनि उपस्थित भएर ६० लाख धरौटीमा हिरासत मुक्त भइसकेका छन् भने जोशी काठमाडौं अदालतमा अझै उपस्थित भएका छैनन् ।
रुपन्देहीमा पुरक अभियोग पत्र दायर भएपछि लामिछाने र जोशीलाई रुपन्देही ल्याइने छ। त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरु दुवै जनाविरुद्ध मुद्धा चलाउने तयारी रहेको छ ।
