
syysr
Bksbus5
Ssbus
Jsbus
Pbu
Ratbs
Gsl
Ddhbs
Csbus
Syees
dsbus
gms
Rbs
Gsbus
Nssbus7
Amb

Rsb
Ksm
Gst
Rgs
Bbu
Wsp
Ggd
Bbbpu
Sbs
Sls
Rgu
Vor
Pvg
Hal
Asm
Rgu
nsb
Tsm
Ssm

bbt
Ptm
Syp
Rmb
Bml
Pls
Mks
Jmb
Rpp
Jmb
Gsb
sab
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार देखि १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले धेरै टाढाबाट आएका विद्यार्थी भाइबहिनीहरू भविष्यका सफल निर्माता भाइबहिनीहरूलाई सलामीगर्न पाउदा गर्ब महसुस गरेको बताए ।
विद्यार्थी जिवन भनेको पवित्र जिवन भएको बताउदै सभामुख घर्तीले विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट ज्ञान शिप दिनु पर्ने बताए । विद्यार्थीहरुलाई अक्षर मात्र सिकाउने नभई जिवन शैली,मुल्य मान्यता, इतिहासका बिरासतका बारेमा ज्ञान, झाँकीमा बिर गोर्खालीका नृत्य,राष्ट्रियतासंग सम्बन्धित गित संगीत, राष्ट्रियता झल्किने प्रस्तुतीहरु प्रस्तुत गरेको देख्दा शिक्षक शिक्षिकाहरुले पिटी परेड सिकाएर अनुशासित र स्वास्थ्य जिवनको अभ्यास गराएको आभास भएको बताए ।
त्यस्तै देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भनेपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिकै ऐक्यबद्धता भएको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राख्नुको मुख्य आशय सिंगो राष्ट्र प्रति बफादार रहनु भएको बताए । यस्ता कार्यक्रमले शिक्षक शिक्षिका र विद्यार्थीलाई राष्ट्रियता प्रति जिम्मेवार रहने ज्ञान दिने गरेको बताउँछ – सभामुख घर्तीले भने ।
त्यस्तै १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ को शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद एउटा खेलमात्र नभई चौतर्फी रुपमा व्यक्तित्व बिकाश हुने बताए । व्यवसायीक रुपमा खेलकुद क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थी भाइबहिनीहरूका लागि यो कार्यक्रम महत्वपूर्ण योगदान पुग्ने बताए ।
गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा हुने अन्तर पालिका स्तरिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्ता खेलकुद प्रतियोगिताबाट गढवाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेको बताए । खेलमा माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने दक्ष जनशक्ति उत्पादन भएकोले यो खेल प्रतियोगिताको निकै ठुलो महत्व रहेको बताए ।
गढवा गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवम् पालिका स्तरीय अन्तरविद्यालय तहखत खेलकुद प्रतियोगितालाई एउटा खेल मात्र नभई एउटा उत्सवको रुपमा मनाईरहेको अध्यक्ष पोख्रेलले बताए । विद्यार्थीहरुलाई खेलप्रति जागरुक बनाउन आकर्षित बनाउन के गर्नु पर्छ भन्ने बारे पालिका निरन्तर लागेको बताए । गढवा गाउँपालिकाले दक्ष खेलाडी उत्पादन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल र गाउपालिकाको नाम चिनाउने दिशामा काम गरेको बताए । खेलाडी उत्पादन गर्ने मुख्य ठाउँ विद्यालय नै भएकोले खेल र विद्यालयलाई एक अर्कासँग गाँसेर अघि बढ्ने बारे पालिका अघि बढेको बताए ।
दाङ गढवा गाउँपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय गढवाको व्यवस्थापनमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८१ सुरु भएको हो । शुक्रबार ४ गतेदेखि सुरू भएको प्रतियोगिता आइतबार ६ गते समापन हुने छ ।
प्रतियोगिताका खेलहरुमा भलिबल छात्र/छात्रा अलगअलग र एथलेटिक्स तर्फ छात्र र छात्राहरु दुबैको सहभागी रहने गरि खेल खेलाइने छ । प्रतियोगितामा मावि तर्फ ,भलिभल, कबड्डी, एथेलेटिक्स खेल हुनेछन् भने आधारभुत र प्रावि तर्फ एक सय, दुई सय र चार सय मिटर दौड, चम्चा दौड र हिसाव दौड खेल हुने सचिवालय संयोजक तथा जनता माध्यमिक विद्यालय गढवाका शिक्षक उपेन्द्र चालिसेले जानकारी दिए ।
कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,जनता माध्यमिक विद्यालय गढवाका विव्यस का अध्यक्ष गणेश कुमार कुमाल, गढवामा सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक,विभिन्न विद्यालयका शिक्षक,अभिभावक,नागरिक समाज,संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जनता माध्यमिक विध्यालयमा गढवाका प्रधानाध्यापक राम सुरत यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा शिक्षक सुदिप किरण आचार्य र शिक्षिका रेश्मा योगीले गरेकि थिइन् ।
