Sidha Patra बिहिबार, माघ १५, २०७७

रोल्पा । रोल्पाको भदौरे मन्दिरको घुम्ति नजिकै तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याङ्कर चालक नेपालगंज घर भएका ४५ बर्षीय हरबजन सिंहको मृत्यु भएको हो । मृतको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ ।

त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले जनाएको छ । रोल्पा नगरपालिका वडा नं १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो । रुपैडियाका सहचालक १९ बर्षीय सुनिलशंकर सामान्य घाइते भएका छन् भने उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिनु भयो ।

दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको हो । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको  छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]