
cjs
Djs
Unsku
Rgp
Srbpu
sbs
Pbu
Rgp1
Lnp
Gfs
pku
Ggp
Pes
Sgr

nsb
Vor
Bbu
Ssm
Tsm
Sbs
Wsp
Sls
Bbbpu
Rsb
Rgs
Rgu
Rgu
Ksm
Gst
Hal
Asm
Ggd
Pvg

Jmb
Abd
sab
Pls
Mks
Gsb
Rmb
Jmb
bbt
Bml
Syp
Ptm
Rpp
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।
गत आइतवारदेखि सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ ।
केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रिय सदस्यहरूलाइ बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।
त्यस्तै प्रचण्डले युद्दकालमा र संबिधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानिय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचार बिरूद्द र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिबेदन पेश गरेका छन् । जसमा केन्द्रिय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशाेर पुनलाइ पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने बिराेध गरिएकाे छ ।
