
Lnp
Gfs
sbs
Pbu
Unsku
pku
Rgp1
Srbpu
Rgp
Djs
Ggp
Sgr
Pes
cjs

Sls
Bbbpu
Pvg
Asm
Tsm
Bbu
Vor
Rgu
Ggd
Gst
Ssm
Rsb
nsb
Sbs
Rgs
Wsp
Rgu
Hal
Ksm

Jmb
Abd
Jmb
Pls
Rmb
sab
Syp
Bml
Mks
Ptm
bbt
Gsb
Rpp
दाङ । लमहीमा क्रियाशील ८ दलले आसन्न हुनेगइरहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा एकजुट भएर सहभागी हुने निर्णय गरेका छन् ।
यस निर्णयले निर्वाचनलाई प्रतिस्पर्धात्मक र मर्यादित बनाउन तथा साझा लक्ष्यका लागि सहकार्यको वातावरण तयार गर्ने विश्वास गरिएको छ।
आइतबार लमहीमा बसेको बैठकले आठ दललाई एउटै साझा प्यानलमार्फत निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको हो ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),नेकपा एकीकृत समाजवादी पार्टी,नेपाल कम्युनिस्ट पार्टी (विप्लव),राष्ट्रिय जनमोर्चा पार्टी,जनता समाजवादी लगायत आठ
दलहरूले समावेशीता,पारदर्शिता र विकासलाई मुख्य एजेन्डा बनाएर काम गर्ने संकल्प गरेका छन्।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का नेता सुदन खनालले समन्वय र सहकार्यको महत्त्वबारे चर्चा गर्दै भने, “हामी सबैको एउटै लक्ष्य भनेको हाम्रो क्षेत्रको समुन्नति र जनताको सेवामा इमानदारिता हो। यसका लागि हामीले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । साझा प्यानल खडा गर्नु भनेको एकता, विश्वास, र पारदर्शिताको प्रतिक हो।”
साझा प्यानल खडा गर्नका लागि दलहरूले निर्वाचन क्षेत्रका प्राथमिकता र साझा उम्मेदवार छान्नुपर्ने विषयमा गम्भीर छलफल गरे। सहमति अनुसार, निर्वाचनको मैदानमा पार्टीहरूको पहिचान भन्दा पनि क्षेत्रको समृद्धि र जनताको आवश्यकता पूर्तिमा केन्द्रित हुने लक्ष्य राखिएको छ।
बैठकमा सहभागी प्रतिनिधिहरूले विभिन्न मुद्दामा आ-आफ्नो धारणा राख्दै सहमति निर्माणको प्रयास गरेका थिए। उनीहरूले स्थानीय तहदेखि केन्द्रसम्म सहकार्यको सन्देश दिनका लागि यो निर्णय ऐतिहासिक र मार्गदर्शक हुने बताउँदै एक-अर्कालाई बधाई दिए।
साझा प्यानल खडा गर्ने निर्णयले राजनीतिक वृतमा सकारात्मक सन्देश दिएको छ। अब आउने दिनमा यी दलहरूले कुन उम्मेदवारलाई प्राथमिकता दिने, कसरी चुनाव प्रचारप्रसार गर्ने, र कस्तो रणनीति बनाउने भन्ने कुराले स्थानीय राजनीति थप रोचक बनाउनेछ।
बैठकपछि सहभागी नेताहरूले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “हाम्रो लक्ष्य भनेको जनताको विश्वास जित्नु र पारदर्शी राजनीतिलाई अगाडि बढाउनु हो। हामीले मिलेर काम गर्ने प्रण गरेका छौँ।”
यो सहकार्यले लमहीको स्थानीय राजनीति र विकासमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ। तर, आठ दलको यो कदमले साझा सहकार्य र स्थिरताका लागि एक सकारात्मक सन्देश दिएको छ । निर्वाचन यहीँ पुस २७ गते हुने जनाइएको छ ।
