
Rbs
Gisld
Pbu
mbd
Mbdvs
Sds

Ksm
Hal
Asm
Sls
Gst
Bbu
nsb
Ggd
Wsp
Vor
Pvg
Tsm
Ssm
Rgu
Sbs
Bbbpu
Rgs
Rgu
Rsb

Ptm
bbt
Rmb
sab
Rpp
Syp
Bml
Jmb
Pls
Gsb
Jmb
Abd
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयको ४३ औं वार्षिक अभिभावक भेलाले सो विद्यालयका निवर्तमान अध्यक्ष बिष्णु बहादुर बुढालाई सर्ब सहमत चयन गरेको छ ।
जसको सदस्यहरुमा मने कामी,बिमला घर्ती मगर,वर्षा हमाल,कुलबहादुर खड्का,संगिता नेपाली,पदेन सदस्यमा वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा,सदस्य सचिवमा विद्यालका प्रधानध्यापक दिलबहादुर शाही र शिक्षक अभिभावक संघको अध्यक्षमा रेबा बुढाको अध्यक्षता मा ११ जना सदस्य रहनु भएको छ ।
उक्त नवगठित समितिहरुलाई राजपुर शिक्षा शाखा अधिकृत केशव लम्सालले पदभार ग्रहण गराउदै आफ्नो कार्यकालमा विद्यालयको शिक्षा सुधार कार्यमा एकजुट भएर लाग्न अनुरोधका साथै कार्यकालको शुभकामना दिनु भएको थियो ।
त्यस्तै नव अध्यक्ष बिष्णु बहादुर बुढाले विद्यालयको पहिलो कार्य पर्खाल निर्माण र खेलमैदान अत्यन्तै आवश्यक रहेकोले सो कार्यलाई पहिले गरेर अन्य कार्यहरु क्रमश गर्ने बताउनु भएको छ ।
त्यसैगरी सो विद्यालयका पदेन सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले समन्वय र सहकार्यमा जुटे वडाबाट हुने सहयोग संगै गाउँपालिका र स्थानीय सरकारको प्रमुख सरकार प्रदेश तथा संघद्वारा हुने सहयोगको पहल कार्यमा आफुपनि निरन्तर लाग्ने बताउनु भयो ।
विद्यालयका अभिभावक जनसरी घर्तीको अध्यक्षता तथा राजपुर शिक्षा शाखा अधिकृत केशव लम्सालको प्रमुख आतिथ्यता र वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाको विशेष अतिथिमा सम्पन्न भएको अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरेको हो ।
सो विद्यालयका शिक्षिका माया कुमारी चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको भेला कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवी मान बहादुर बुढाले उक्त विद्यालयको इतिहासको बारेमा जानकारी दिदै आफू समेत अध्यनरत रहेकोले विगत देखि अहिलेसम्म विद्यालय व्यवस्थापनको सुधारमा धेरै परिवर्तन भएको तर जति हुनु पर्ने हो त्यो अझै हुन नसकेकोले आगामी दिनमा नयाँ समितिले गुणस्तरीय शिक्षा व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्भा गर्न आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा राजपुर शिक्षा महासंघको अध्यक्ष तथा शंकर माध्यमिक विद्यालयका प्रधानध्यापक अशोक प्रसाद यादव,विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बिष्णु बुढा,गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मान बहादुर चलाउने,समाजसेवी एवम् बुद्धिजीवी मान बहादुर बुढा,गुरुङ खोला कृषि सहकारी संस्थाका अध्यक्ष रेवा बुढा,जनता बाल विकास केन्द्रका अध्यक्ष धन बहादुर रोका,अभिभावक,शिक्षक विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै सो विद्यालयका शिक्षिका माया कुमारी चौधरीलाई उत्कृष्ट शिक्षक घोषणा गरिएको थियो । उहाँलाई अबिर,फुलमाला,दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उक्त विद्यालयमा पंखा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानध्यापक दिलबहादुर शाहीले आर्थिक आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन विद्यालयका शिक्षिका नुटन शाहीले गर्नु भएको थियो ।
