
Usb
Jns
ksb
Rgp
Ggp
Asb
Rgp
lnp
Sgp
Lks
Dus
Rgp
Lnp
Rgp
Ggp

lms

काठमाडौँ महानगरपालिकाले बुधबारबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
‘सिमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’ उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिनुभयो ।
