
sbs
cjs
Rgp
Ggp
Unsku
Rgp1
Lnp
Srbpu
Pbu
Gfs
Djs
Sgr
pku
Pes

Pvg
Asm
Bbbpu
Rsb
Ssm
Rgu
Rgu
Bbu
Ksm
Rgs
Hal
nsb
Gst
Sbs
Sls
Ggd
Wsp
Vor
Tsm

Rpp
bbt
Syp
Jmb
Rmb
Abd
Pls
sab
Mks
Gsb
Bml
Ptm
Jmb
झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु,ओम्नी,नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफुले पर्दाफास गरेर भण्डाफोर गरेरै छाड्ने बताए ।
तर, त्यसका लागि आगामी निर्वाचनमा माओवादीलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे। उनले भने, ‘जब भ्रष्टाचारीहरू धमाधम पक्राउ पर्न थाले उनीहरूको निद्रा हराम भयो। गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो। अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो।’ उनले अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ अधिकारका लागि हुने बताए । उनले भने, ‘संविधान संशोधनको अधिकार माओवादीलाई मात्र छ। प्राप्त उपलब्धि खारेज गर्ने किसिमको संशोधन माओवादीलाई मान्य हुने छैन।’
त्यस्तै उनले झापामा अलपत्र हुलाकी राजमार्गमा बनिरहेका पुलहरूको निर्माण तीव्र बनाउन प्रतिनिधि सभामा दरिलो कुरा राख्ने आश्वासन दिए । उनले कनकाई तथा रतुवा नदीमा बनिरहेका पुलहरूका बारेमा संसदमा कुरा राख्ने आश्वासन दिएका छन् ।देशसन्चार
