
Rgp
Srbpu
sbs
Sgr
Ggp
Lnp
Pes
cjs
Unsku
Rgp1
Pbu
pku
Djs
Gfs

Hal
Wsp
Ggd
Sls
Rgu
Asm
Vor
Gst
Ksm
Bbbpu
Tsm
Rgs
Bbu
Rsb
Pvg
Sbs
Ssm
Rgu
nsb

Ptm
Bml
Rmb
Jmb
Syp
Jmb
Pls
Rpp
Mks
sab
Gsb
bbt
Abd
काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले जनमत पार्टी लगायत अन्य पार्टीसंग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डा सहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् । जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।
त्यस्तै जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए । जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।
