
Gfs
Srbpu
Djs
Lnp
Rgp1
Pes
pku
Ggp
Pbu
cjs
Rgp
Sgr
sbs
Unsku

Ksm
Rgu
Gst
Wsp
Ggd
Rsb
Bbu
Pvg
Sls
Vor
Rgu
Tsm
nsb
Bbbpu
Hal
Rgs
Asm
Ssm
Sbs

Jmb
Syp
Pls
Gsb
bbt
Rmb
Jmb
Ptm
Rpp
sab
Mks
Abd
Bml
रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) रोल्पा जिल्लाको प्रथम जिल्ला भेला सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।
त्यस्तै भेलाले रमेश थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह वली र बालाराम डाँगी रहेका छन । समितिको सदस्यहरुमा एचबि घर्ती मगर, टेकनाथ गिरी, मुना डाँगी,कर्ण जंग केसी र बल बहादुर बढा मगर रहेका छन् ।
यसैगरी भेलाको उद्घाटन लुम्बिनी प्रदेशका पार्टी सभापति तथा केन्द्रिय सदस्य देवरावज पाठकले गरेका थिए । भेलाका प्रमुख अतिथि प्रदेश सभापति पाठकले अहिलेको सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीको मुद्दा दर्ता गराएको दावी गरे । “हाम्रो पार्टी सभापति रवि लामिछाने माथि अहिलेको सरकारले पूर्णतः राजनीतिक प्रतिशोध साँध्ने काम गरेको छ । अदालतले उहाँलाई न्याय दिने छ भन्नेमा हामी आशावादी छौँ ।”, प्रदेश सभापति पाठकले भने, “रास्वपालाई कमजोर बनाउन अहिलेको सरकारले जतिसुकै झुट्ठा अभियोग लगाए पनि रास्वपा कमजोर नभई अझैं बलियो बन्दै गई रहेको छ । आगामी चुनावमा काग्रेस, एमालेलाई जनताले भोट नदिएर पाखा लगाउने निश्चित छ ।”
त्यस्तै केपी ओली नेतृत्वको सरकारले आफ्नालाई बचाउने र रास्वपालाई फसाउने प्रपञ्च गरिरहेको उनले आरोप लगाए । उनले भने, “अहिलेको सरकारको काम भनेकै रास्वपालाई फसाउने नियत देखिएको छ । रास्वपाका नेता कार्यकर्तालाई जसरी पनि फसाउन प्रहरी प्रशासनको चरम दुरुपयोग गरिएको छ । काग्रेस, एमालेका कार्यकर्तालाई जसरी पनि बचाउन कानुनको विभिन्न छिद्रहरु प्रयोग गरी रहेको घाम जत्तिकै छर्लङ्ग छ ।”
यस्तै कार्यक्रम रास्वपा लुम्बिनी प्रदेशका सहमहामन्त्री शरद बन्धु डिसीले लुम्बिनी लगायत देशैभर रास्वपाको प्रभाव बढ्दै गएको दाबी गरे । उनले भने “लुम्बिनीमा रास्वपाको पार्टी सदस्यता दिन प्रतिदिन बढ्दो छ । देशैभरी रास्वपाको प्रभाव बढ्दै गएको छ । कांग्रेस, एमालेप्रतिको आकर्षण अहिलेको सरकारको रबैयाका कारण घट्दै गएको छ ।” कार्यक्रममा लुम्बिनी प्रदेश र्यापिड एक्सन टिम (र्याट) का संयोजक विनय घिमिरेले रास्वपालाई देशकै ठूलो पार्टी बनाउन रास्वपाका नेता कार्यकर्ताहरुले इमान्दारिताका साथ मिहिनेत गर्नुपर्ने बताए ।
यस्तै रास्वपाले रोल्पा सहित ६१ जिल्लामा जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरी सकेको छ । यसै बीच रास्वपा रोल्पाको प्रथम बैठक पनि सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । बैठकले पार्टीको आगामी कार्य योजना समेत पारित गरेको जिल्ला सभापति थापाले जानकारी दिए ।सिधाकुरा
